‘अनिश्चितता’ का कारण बीएमडब्ल्यूको इलेक्ट्रिक मिनीमा सुस्तता

Technology Khabar १४ फाल्गुन २०८१, बुधबार

काठमाडौं ।

बीएमडब्ल्यूले आफ्नो अक्सफोर्ड कारखानामा इलेक्ट्रिक भेहिकल (विद्युतीय सवारी साधन) को पुनः उत्पादन गर्न ढिलाई गरिरहेको पुष्टि गरेको छ।

“अटोमोटिभ उद्योगले सामना गरिरहेका धेरै अनिश्चितताहरू” को कारणले काउलेमा रहेको कम्पनीको “फ्याक्ट्री अपग्रेड” मा काम रोक्ने निर्णय गरेको कार निर्माताले बताएको छ।

कम्पनीले सरकारबाट ६० मिलियन स्टर्लिङ्ग पाउन्ड (करिब ७२ मिलियन यूरो) अनुदान स्वीकार नगर्ने निर्णय गरेको छ। बेलायतको अटोमोटिभ उद्योगले विद्युतीय सवारी साधन उत्पादनको लक्ष्यलाई लिएर सरकारसँग लामो समयदेखि बहस गरिरहेको छ।

कार निर्माताहरूले यो र आगामी वर्षहरूमा बिक्री हुने अपेक्षा गरेको विद्युतीय सवारीको संख्या निकै बढेको तर्क गरेका छन्। यस वर्षको सुरुमा, सरकारले “जेडईभी“ भनेर चिनिने यस नीतिमा परिवर्तनहरूका लागि द्रुत परामर्श गरेको उल्लेख छ।

“अक्सफोर्ड कारखाना मिनी प्रोडक्सन, म्यानुफ्याक्चरिङ (उत्पादन) र विभिन्न मोडेलहरूको निर्यातको केन्द्रमा छ, जसको बेलायत र विश्वभर माग छ” बीएमडब्ल्यू मिनीका एक मालिकले भने।

“यद्यपि, अटोमोटिभ उद्योगले सामना गरिरहेको धेरै अनिश्चितताहरूलाई ध्यानमा राख्दै, बीएमडब्ल्यू समूहले हाल अक्सफोर्डमा ब्याट्री–इलेक्ट्रिक मिनी प्रोडक्सनको पुनः आगमनको निम्ति समयको समीक्षा गरिरहेको छ” भनि टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १४ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया