एप्पलले आफ्नो पहिलो फोल्डेबल स्क्रिन डिभाइसको लागि अल्ट्रा–थिन ग्लास आपूर्ति सुरक्षित गर्यो

  • Technology Khabar | २ फाल्गुन २०८१, शुक्रबार
एप्पलले आफ्नो पहिलो फोल्डेबल स्क्रिन डिभाइसको लागि अल्ट्रा–थिन ग्लास आपूर्ति सुरक्षित गर्यो

काठमाडौं ।

एप्पलले अर्को वर्षको उत्तरार्धमा फोल्डिङ स्क्रिनसहितको आफ्नो पहिलो डिभाइस लन्च गर्ने नयाँ रिपोर्टले बताएको छ। त्यस अघि, कम्पनीले अब चिनियाँ निर्माता ‘लेन्स टेक्नोलोजी’लाई फोल्डिङ प्यानलको टपमा (माथि) राखिने अल्ट्रा–थिन ग्लास (यूटीजी) निर्माण गर्न ट्याप गरेको छ।

लेन्स टेक्नोलोजीले एप्पलको यूटीजीअर्डरहरूको लगभग ७० प्रतिशत सुरक्षित गर्ने अपेक्षा गरिएको छ भने कोर्निङले सम्भवतः कच्चा माल आपूर्ति गर्ने भएको छ भनि रिपोर्टले दावी गरेको छ।

ठूलो उत्पादन क्षमताहरु र यूटीजी निर्माणको लागी वित्तीय स्रोतहरुको लाभ भएकोले एप्पलले लेन्स टेक्नोलोजीलाई छनोट गरेको उल्लेख छ।

यो विशेष गरी ग्लास इचिङमा, बलियो र कटिङपछि साइड क्र्याक्सलाई कम गर्नमा राम्रो मानिने गरिएको छ। आपूर्तिकर्ताले एप्पलको लागि उत्पादन सुरु गर्नु अघि यस वर्ष पछि आफ्नो यूटीजी उत्पादन लाइनलाई विस्तार गर्नेछ।

एप्पल स्पष्ट रूपमा यूटीजीको केन्द्रीय भाग मात्र पातलो गर्न चाहेको बताइएको छ जुन हिञ्जको नजिक हुने उल्लेख गरिएको छ। यसले अधिक रुपमा समग्र यूटीजी थिकनेस र सुधारिएको स्थायित्वको लागि अनुमति दिनेछ।

दक्षिण कोरियाली डोवू इन्सिस र यूटीआईलाई एप्पलको लागि सम्भावित दितिय आपूर्तिकर्ता हुने अनुमान लगाइएको छ। डोवू इन्सिसले यूटीजीको मध्य भाग पातलो पार्ने सम्बन्धमा सन् २०२४ को अक्टोबर मा दुईवटा प्याटेन्टहरू सुरक्षित गरिसकेको बताइएको छ।

फोल्डिङ डिस्प्ले भने सामसङ डिस्प्लेले आपूर्ति गरिने सम्भावनाको उल्लेख गरिएको छ जुन एप्पलको लागि विशेष साझेदार भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २ फाल्गुन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगल पिक्सेल १०ए का थप रेन्डरहरू लीक

  • Technology Khabar
  • २ फाल्गुन २०८१, शुक्रबार