पछिल्लो तीन महिनामा इन्टरनेट बैंकिङमार्फत् हुने कारोबार र रकम मिश्रित अवस्थामा

  • Technology Khabar | २६ माघ २०८१, शनिबार
पछिल्लो तीन महिनामा इन्टरनेट बैंकिङमार्फत् हुने कारोबार र रकम मिश्रित अवस्थामा

काठमाडौं ।

नेपालमा पछिल्लो तीन महिनामा इन्टरनेट बैंकिङमार्फत् कारोबार गर्ने प्रवृत्ति र रकम मिश्रित रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८१ पौष महिनासम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार इन्टरनेट बैंकिङ कारोबार र रकममा घट्ने र बढ्नै दुवै खाले प्रवृत्ति देखिएको हो।

आर्थिक वर्ष २०८०/८१ को असोजबाट कार्तिकमा आउँदा इन्टरनेट बैंकिङ कारोबार सङख्या १२ हजार ८९९ घटेर ३ लाख ४३ हजार ४० मा आइपुगेको थियो। यसैगरी कार्तिकबाट मंसिरमा भने १८ हजार ३३४ बढेर उक्त सङ्ख्या ३ लाख ६१ हजार ३७४ मा पुग्यो। साथै मंसिरबाट पौषमा जाँदा पनि यो सङ्ख्या १७ हजार १७१ बढेर समग्रमा ३ लाख ७८ हजार ५४५ मा आइपुगेको विवरणमा उल्लेख छ।

कारोबार रकमका हिसाबले हेर्दा असोज मसान्तदेखि कार्तिक मसान्तसम्म आइपुग्दा ८९ करोड १० लाख घटेर १६ अर्ब ३७ करोड ६० लाख रुपैयाँमा आइपुगेको थियो।

यसैगरी कार्तिकबाट मंसिरसम्म आइपुग्दा कारोबार सङ्ख्या बढेको थियो र रकम पनि सोही अनुरुप १ अर्ब ६ करोड ९० लाख रुपैया बढेर १७ अर्ब ६४ करोड ६० लाख पुग्यो। तर मंसिरबाट पौषमा पुग्दा भने कारोबार सङ्ख्या १७ हजार १७१ बढे पनि रकम भने ५ करोड ८० लाख रुपैयाँले घटेको पाइएको छ।

यस अर्थमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या र रकम मिश्रित प्रवृत्तिको रहेको देखिएको हो।

प्रकाशित: २६ माघ २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार