अवरोध देखिएको इन्टरनेट सेवा आंशिक चल्न थाल्यो, रकम भुक्तानी नदिँदा काटिएको थियो ब्याण्डविथ

  • Technology Khabar | २० माघ २०८१, आईतवार
अवरोध देखिएको इन्टरनेट सेवा आंशिक चल्न थाल्यो, रकम भुक्तानी नदिँदा काटिएको थियो ब्याण्डविथ

काठमाडौं ।

केहि घण्टादेखि नेपालभर इन्टरनेटमा देखिएको समस्या हाल आंशिक समाधान भएको छ। अहिले इन्टरनेट सेवा चल्न थालेको छ भने इन्टरनेटको गतिमा केहि सुधार भएको अनुभव गरिएको छ। तर पूर्णरुपमा समस्या समाधान भएको देखिँदैन्।

राती करिब ९ बजेदेखि नेपालभर इन्टरनेट सेवामा समस्या आएको थियो। ठूला सेवा प्रदायकहरुको सम्पूर्ण सेवामा अवरोध देखिएको थियो।

सम्बन्धित समाचार-

देशभर इन्टरनेट सेवामा समस्या, एयरटेलको फाइबर डाउन भएको आशंका

यसैबीच, नेपालको इन्टरनेट सेवामा समस्या आएसँगै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जिम्मेबारी लिनुपर्ने सो बारेमा जानकार स्रोतले जिकिर गरेको छ।

“प्राधिकरण तथा मन्त्रालयले भारतीय कम्पनीहरुलाई तिर्नुपर्ने रकम तिर्नका लागि विदेशी मुद्राको सिफारिस नदिँदाको असर हो। यसमा अरु कुनै प्राविधिक समस्या देखिएको छैन्,” स्रोतले टेक्नोलोजीखबरलाई भन्यो।

स्रोतकाअनुसार बिगत लामो समयदेखि भारतीय अपस्ट्रिम सेवा प्रदायकहरुलाई आयात गरिएको ब्याण्डविथको रकम तिर्न सकिएको छैन्।

यसअघि सरकारले ग्रामीण दूरसञ्चार सेवा र रोयल्टी नतिरेको भन्दै आइएसपीहरुको विदेशी मुद्रा सिफारिस रोकिदिएको थियो। बाँकी बक्यौता तिरेका कम्पनीहरुमा उक्त रोकावट हालसम्म निरन्तर रहेको छ।

अहिलेसम्म, नियामक दूरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालयले बाँकी बक्यौता रकम तिरेर राफसाफ गरिसकेका कम्पनीहरुलाई पनि भुक्तानीका लागि विदेशी मुद्राको सिफारिस दिएका छैनन्। जसले गर्दा भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलले लामो समयदेखि भुक्तानी नपाएको भन्दै ब्याण्डविथ रोकिदिएको बताईएको छ।

“एयरटेलका प्रतिनिधिहरु केहि सातादेखि मन्त्रालय र प्राधिकरणमा धाईरहेका छन् तर उनीहरुको गुनासो सुनुवाई भईरहेको छैन्,” स्रोतले भन्यो, “उनीहरुले रकम भुक्तानी दिलाईदिन माग गरिरहेका थिए। तर अहिलेसम्म ब्याण्डविथको भुक्तानी हुन सकेन र आज इन्टरनेट काटियो।”

राती इन्टरनेटमा अवरोध हुँदा धेरै ठूलो असर नपरेपनि यसले सेवाग्राहीहरु मर्कामा परेका देखिएको छ।

नेपालमा सरकारी र निजी सेवाप्रदायकहरुले आयात गर्ने मध्ये करिब ७० प्रतिशत ब्याण्डविथ एयरटेलमार्फत भित्रने गर्दछ।

यसअघि पनि विदेशी मुद्रा सिफारिस रोकिँदा एयरटेलले ब्याण्डविथ आयात रोकिदिएको थियो।

सम्बन्धित समाचार-

नेपालमा किन इन्टरनेट काटियो, यस्तो भन्छन् सेवा प्रदायक कम्पनीहरु

 

प्रकाशित: २० माघ २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...