सोनी एक्सपेरिया १० भी ले एन्ड्रोइड १५ अपडेट प्राप्त गर्यो

  • Technology Khabar | १६ माघ २०८१, बुधबार
सोनी एक्सपेरिया १० भी ले एन्ड्रोइड १५ अपडेट प्राप्त गर्यो

काठमाडौं ।

सोनीले एक्सपेरिया १० भीमा आफ्नो एन्ड्रोइड १५ अपडेट पठाउन थालेकोछ। यस महिनाको सुरुमा एक्सपेरिया १ भी र एक्सपेरिया ५ भीले अपडेट प्राप्त गरेका थिए। यो सँगै उक्त ठूलो अपडेट प्राप्त गर्ने ब्रान्डको सबैभन्दा नयाँ डिभाइस एक्सपेरिया १० भी भएको छ।

हाल यो अपडेट हंगेरी र अन्य युरोपेली राष्ट्रहरूमा प्रयोगकर्ताहरूका लागि बीजारोपण भइरहेको उल्लेख छ र चाँडै थप क्षेत्रहरूमा पुग्ने आशा गरिएको छ। यसमा ६८.२.ए.२.३८ए बिल्ड नम्बर र १.१जीबी तौल रहेको छ।

नयाँ सुविधाहरू कभर गर्ने विस्तृत चेन्जलग उपलब्ध नभए तापनि एन्ड्रोइड १५ प्राप्त गर्ने अन्य एक्सपेरिया जस्तै यो पनि लाइनमा हुनुपर्ने बताइएको छ। यसमा प्राइभेट स्पेस, नयाँ वालपेपर्स, नयाँ होम स्क्रिन÷लक स्क्रिन स्टायल्स, नयाँ साइड सेन्स सुविधाहरू, एक पुनः डिजाइन गरिएको क्विक सेटिङ प्यानल र नोटिफिकेसन शेड, नयाँ पप–अप विन्डोजका साथै ब्लुटुथ एलई अडियोमा ब्लुटुथ प्रसारण समावेश रहेका छन्।

एन्ड्रोइड १५ सम्भवतः एक्सपेरिया १० भीको लागि अन्तिम प्रमुख ओएस अपडेट हुने बताइएको छ जुन मूल रूपमा एन्ड्रोइड १३ बाट लन्च गरिएको थियो। डिभाइसले सन् २०२६ को जून महिना सम्म सुरक्षा अपडेटहरू प्राप्त गर्ने तालिका पनि रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १६ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार