नयाँ भिडियोमा देखा पर्यो आईफोन एसई ४

Technology Khabar १५ माघ २०८१, मंगलवार

काठमाडौं ।

यस महिनाको सुरुवातमा देखा परेका आगामी आईफोन एसई ४ को प्रोडक्सन डमी युनिटइहरूले फोनको डिजाइन पुष्टि गरेको थियो। त्यसैगरी अब टिपस्टर मजिन बु ले एक लाइभ भिडियोमा आगामी आईफोनको डिजाइन देखाउने भिडियो साझा गरेको छन्।

उक्त भिडियोमा चौथो–जेन एसईले धेरै आईफोन पुस्ताहरू बीचको मिश्रण डिजाइन फिचर गरेको देख्न सकिने छ। आईफोन एसई ४ को पछाडि रहेको सिङ्गल रियर क्यामरा र माथिल्लो दायाँ कुनाको एलईडी फ्ल्यासको साथ अघिल्लो दुई आईफोन एसई जेनेरेसनहरू जस्तो देखिएको उल्लेख छ।

त्यसैगरी डायनामिक आइल्याण्ड कटआउटको सट्टा नच हुने भन्ने भर्खरैको अफवाहसहित फोनको साइड र फ्रन्टहरू प्रायः आईफोन १४ को डिजाइनसँग मिल्दोजुल्दो भएको बताइएको छ।

अलर्ट स्लाइडरलाई एक्शन बटन र तलको लाइटनिङ पोर्टलाई यूएसबी–सी कनेक्टरद्वारा प्रतिस्थापनको साथ भेनिला आईफोन १४ को तुलनामा यस आईफोन एसई ४ मा दुईवटा प्रमुख परिवर्तनहरू गरिएको छ। त्यसैगरी डिभाइसको बायाँ–छेउमा भौतिक सिम स्लट पनि रहेको उल्लेख छ।

एप्पलले ए१८ चिप र ८जीबी र्याम, एप्पल इन्टेलिजेन्स, ४८ मेगापिक्सेलको क्यामरा र ५०० अमेरिकी डलरको शुरुवाती मूल्यको साथ अप्रिल महिना सम्ममा आईफोन एसई ४ लन्च गर्ने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १५ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया