भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो

  • Technology Khabar | २४ पुष २०८१, बुधबार
भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो
फाइल तस्बिर

काठमाडौं ।

भारतले सोमबार आफ्नो बहुप्रतीक्षित ‘स्पेस डकिङ प्रयोग’ (स्पाडेक्स) मिशन दुई दिनका लागि स्थगित गरेको घोषणा गरेको छ। जब दुई अन्तरिक्ष यान अन्तरिक्षमा जोडिन्छन् तब स्पेसडकिङ हुने बताइएको छ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार मङ्गलबार बिहान हुने भनिएको परीक्षण अब बिहीबार सारिएको छ।

“स्पेस डकिङ प्रक्रियालाई आज पहिचान गरिएको असफल परिदृश्यको आधारमा ग्राउन्ड सिमुलेशनहरू मार्फत थप प्रमाणीकरण आवश्यक छ,” इसरोले जनाएको छ।

इसरोले ३० डिसेम्बरमा ध्रुवीय उपग्रह प्रक्षेपण वाहन (पिएसएलभी–सी६०), एसडीएक्स०१ (चेजर) र एसडीएक्स०२ (लक्ष्य) का साथ स्पाडेक्स मिशन प्रक्षेपण गर्यो। रासस

प्रकाशित: २४ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...