रियलमी १४ प्रो सिरिज सार्वजनिक हुने मिति आधिकारिक रुपमा पुष्टि

  • Technology Khabar | २३ पुष २०८१, मंगलवार
रियलमी १४ प्रो सिरिज सार्वजनिक हुने मिति आधिकारिक रुपमा पुष्टि

काठमाडौं ।

यसै महिना भारतमा लन्च हुने अपेक्षा गरिएको रियलमीको १४ प्रो सिरिज लन्च गरिने सही मितिबारे ब्रान्डले पुष्टि गरेका छ। स्थानीय रियलमीको १४ प्रो सिरिज समय अनुसार जनवरी १६ तारिखमा १२ बजे लन्च हुने उल्लेख गरिएको छ।

रियलमीले पछिल्ला केही हप्ताहरूदेखि टिज गर्दै आएको यस सिरिजको पूर्ण अनावरण अब केवल दस दिन टाढा रहेको छ। कम्पनीले १४ प्रो र १४ प्रो प्लस गरी दुबै फाइभजी–सक्षम मोडेलहरू घोषणा गर्ने उल्लेख गरिएको छ।

फोनहरू सुयड ग्रे, जयपुर पिङ्क र बिकानेर पर्पल रङ्गहरूमा उपलब्ध हुनेछन् भने जयपुर र बिकानेर दुई रङ्गहरू भारत–विशेष रंगहरु हुन्। यी डिभाइसहरू मात्र ७.५ एमएम मोटा छन् भने स्क्रिनको टप (शीर्ष) र साइड (छेउ) मा १.६ एमएम बेजेलहरू छन्। ४२–डिग्री कर्भेचरको साथ क्वाड–कभ्र्ड रहेको डिस्प्लेमा “१.५के” रिजोलुसनको साथ ३,८४० हर्ज पीडब्ल्यूएम डिमिङ समावेश गरिएको उल्लेख छ।

रियलमीका अनुसार फोनको पछाडि रहेको “विश्व पहिलो” एक ट्रिपल फ्ल्यासले कुनै पनि कलर एम्बियन्ट लाइटिङ्गमा स्पष्ट फोटोहरू प्राप्त गर्न सुनिश्चित गर्ने दावी गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २३ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...