स्वीकृति नलिई आफूसम्बद्ध कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न चिकित्साशास्त्र अध्ययन संस्थानको आग्रह

  • Technology Khabar | १७ पुष २०८१, बुधबार
स्वीकृति नलिई आफूसम्बद्ध कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न चिकित्साशास्त्र अध्ययन संस्थानको आग्रह

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले स्वीकृति नलिई संस्थानसँग सम्बन्धित कुनै पनि जानकारी सामाजिक सञ्जालमा नराख्न सबैमा आग्रह गरेको छ।

संस्थानले आज एक सूचना प्रकाशन गरी आफ्ना सूचना तथा जानकारी विना स्वीकृति अवैध तवरबाट महाशाखाको लोगो तथा नाम प्रयोग गरी प्रकाशन हुँदै आइरहेको जानकारी प्राप्त भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै यस्तो आग्रह गरेको हो।

परीक्षा नियन्त्रण महाशाखाद्वारा विभिन्न शैक्षिक कार्यक्रमहरू सम्बन्धित रुटिन सूचना नतिजाका साथै अन्य परीक्षासँग सम्बन्धित प्रकाशनहरू महाशाखाको आधिकारिक वेबसाइट www.iom.edu.np र www.iomexam.edu.np मार्फत मात्र प्रकाशन गर्ने गरिएको कुनै आधिकारिक सामाजिक सञ्जाल नभएको प्रस्ट्याएको छ।

‘यस महाशाखाको हालसम्म कुनै पनि किसिमको आधिकारिक सामाजिक सञ्जाल (फेसबुकF, ट्विटर, व्हाट्सएप, भाइबर) आदि नरहेको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गराउनुका साथै, विना स्वीकृति यस महाशाखाको नाम र लोगो प्रयोग गरी सामाजिक सञ्जालहरूमा सूचनाहरू राख्ने कार्य नगर्न, नगराउनका लागि यसै सूचना मार्फत निर्देशन जारी गरिन्छु’, सूचनामा उल्लेख छ।

प्रकाशित: १७ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...