ताजा समाचार

दूरसञ्चार प्राधिकरणद्वारा र्यापिड युनिक नेटवर्कको अनुमति पत्र खारेज

दूरसञ्चार प्राधिकरणद्वारा र्यापिड युनिक नेटवर्कको अनुमति पत्र खारेज
Global IME Bank

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र्यापिड युनिक नेटवर्क प्रालि ब्यास-३, तनहुँको अनुमतिपत्र खारेज गरेको छ। प्राधिकरणले आज एक सूचना प्रकाशित गरी प्राधिकरणबाट र्यापिड युनिक नेटवर्क प्रालिलाई २०७६ / ०८ / १९ मा प्रदान गरिएको इन्टर्नेट ( इ मेल सहित) सेवाको अनुमतिपत्र ((फि. ज. १-१६२) नवीकरण नगरेका कारण खारेज गरिएको जानकारी दिएको हो।

‘नवीकरणका लागि तोकिएको समयावधिभित्र नियमानुसार निवेदन पेस नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम मिति २०८१/०८/१९ गतेदेखि स्वतः रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ।

प्राधिकरणले उक्त प्रा.लि. ले नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका सम्बन्धमा पनि यो सूचना जारी भएको मितिले ३० दिनभित्र  कार्यालयमा सम्पर्क गर्न समेत सूचित गरेको छ।

तोकिएको समयमा सम्पर्क नगरेमा प्रचलित कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ।

Sajilo Visa
easy care