Technology Khabar ४ पुष २०८१, बिहीबार
काठमाडौं ।
टिकटकका सीईओ शाउ च्युले सोमबार मार–ए–लागोमा राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पसँग भेटेको भनि बैठकसँग परिचित व्यक्तिले बिजनेस इनसाइडरलाई बताएको उल्लेख छ।
लोकप्रिय भिडियो–सेयरिङ एपले अमेरिकामा आसन्न प्रतिबन्धबाट बच्न प्रयास गरिरहेको बेला बैठक भएको उल्लेख गरिएको छ।
यसअघि सोमबार टिकटकले अमेरिकी सर्वोच्च अदालतलाई यो एप जनवरी १९ सम्ममा बेच्न वा बन्द गर्नुपर्ने कानुनलाई रोक लगाउन आग्रह गरेको थियो।
चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले यो प्रतिबन्धले एप प्रयोग गर्ने लाखौं अमेरिकीहरूको पहिलो संशोधन अधिकार उल्लङ्घन गरेको तर्क गरेको छ।
यस महिनाको सुरुमा संघीय न्यायाधीशहरूको प्यानलले प्रतिबन्धलाई समर्थन गरेपछि यो अनुरोध आएको हो।
यद्यपि, बैठकको विवरण भने अझै स्पष्ट हुन सकेको छैन।
ट्रम्पले टिकटक प्रतिबन्धको विरुद्ध बोलेको बताइएको छ जुन कांग्रेसले पारित गरेको थियो भने यस वर्षको सुरुमा राष्ट्रपति जो बिडेनले हस्ताक्षर गरेको उल्लेख छ।
“हामी टिकटकलाई हेर्नछौं” ट्रम्पले सोमबार एक पत्रकार सम्मेलनमा भने।
साथै ट्रम्पले प्रेस सम्मेलनमा कम्पनीका अधिकारीहरू उनको दोस्रो कार्यकाल अघि उनीसँग भेट्नको लागि बढी खुला थिए र उनको पहिलो कार्यकालमा उनीहरू “होस्टायल” थिए भनि बताएको टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: ४ पुष २०८१, बिहीबार