Technology Khabar ३ पुष २०८१, बुधबार
काठमाडौं ।
नासाले पुराना ताराहरूको वरिपरि प्लानेट–फर्मिङ डिस्कहरूको तस्बिरहरू खिच्नका लागि जेम्स वेब टेलिस्कोप प्रयोग गर्न सक्षम भएको र तस्बिरहरूले ग्रहहरू कसरी बन्न सक्छ भन्ने सैद्धान्तिक मोडेलहरूलाई चुनौती दिएको छ।
साथै ती तस्बिरहरूले अहिलेसम्म पुष्टि हुन नसकेको हबल टेलिस्कोपको पहिलेका खोजहरूलाई समर्थन गर्ने थप उल्लेख गरिएको छ।
हाम्रो ग्रह, मिल्की वेको छिमेकी “स्मल म्यागेलानिक क्लाउड” बाट न्यू वेब हाइली डिटेल्ड ईमेजेस ( नयाँ अत्यधिक विस्तृत तस्बिरहरू) खिचिएको उल्लेख छ।
वेब टेलिस्कोप विशेष रूपमा एनजीसी ३४६ नामक क्लस्टरमा केन्द्रित रहेको बताइएको छ जुन “प्रारम्भिक, टाढाको ब्रह्माण्डमा समान अवस्थाहरू” को लागि राम्रो प्रोक्सी भएको र जसमा ग्रह निर्माणसँग परम्परागत रूपमा जोडिएको भारी तत्वहरूको अभाव रहेको नासाले बताएको छ।
साथै वेबले प्रकाशको स्पेक्ट्रा क्याप्चर गर्न सक्षम भएको र यसले प्रोटोप्लानेटरी डिस्कहरू अझै पनि ती ताराहरू वरिपरि झुण्डिएको देखाएको उल्लेख गरिएको छ। यसबाहेक तिनीहरू केही मिलियन वर्षमा उड्नेछन् भन्ने पहिलेको अपेक्षाहरू विरुद्ध जाने बताइएको छ।
“२००० को मध्यदेखि एनजीसी ३४६ को हबल अवलोकनहरूले लगभग २० देखि ३० मिलियन वर्ष पुराना धेरै ताराहरू पत्ता लगाएको र जसमा अझै पनि ग्रह बनाउने डिस्कहरू छन्” नासाले उल्लेख गरेको छ। यद्यपि थप विस्तृत प्रमाण बिना त्यो विचार विवादास्पद हुने बताइएको छ।
वेब टेलिस्कोपले ती विवरणहरू भर्न सक्षम भएको र जसले हाम्रो छिमेकी आकाशगंगाहरूमा भएका डिस्कहरूमा नयाँ ग्रहको आधार बन्ने धुलो र ग्यास सङ्कलन गर्न धेरै लामो समय रहेको सुझाव दिएको उल्लेख छ।
त्यसैगरी ती डिस्कहरू पहिलो स्थानमा रहन किन सक्षम छन् भन्ने बारेमा अनुसन्धानकर्ताहरूसँग दुई सम्भावित सिद्धान्तहरू रहेको नासाले उल्लेख गरेको छ।
एनजीसी ३४६ मा ताराहरूबाट निकालिएको “विकिरण दबाब” ले प्लानेट–फर्मिङ (ग्रह–निर्माण) डिस्कहरू फैलाउन धेरै समय लिने पहिलो सिद्धान्त रहेको छ।
त्यसैगरी थोरै भारी तत्वहरू भएको वातावरणमा “सूर्य जस्तो तारा” बनाउन आवश्यक पर्ने ठूला ग्यास क्लाउडले स्वाभाविक रूपमा ठूला डिस्कहरू उत्पादन गर्दछ जुन हराउन लामो समय लाग्छ भन्ने अर्को सिद्धान्त भएको बताइएको छ।
जुनसुकै सिद्धान्त सही सावित भएता पनि नयाँ तस्बिरहरूको सुन्दरता भनेको हामीसँग अझै पनि ग्रहहरू कसरी बन्छन् भन्नेबारे पूर्ण बुझाई उपलब्ध छैन भन्ने प्रमाण भएको इन्ग्याजेटले उल्लेख गरेको छ।
प्रकाशित: ३ पुष २०८१, बुधबार