आफैं चिप आपूर्तिकर्ता नबन्ने आर्मका सीईओको भनाई

Technology Khabar २ पुष २०८१, मंगलवार

काठमाडौं ।

आर्म कम्पनीका प्रमुख कार्यकारीले सोमबार क्वालकम विरुद्धको मुद्दामा आफूहरूले आफैँ चिप आपूर्तिकर्ता बन्ने महत्त्वाकांक्षालाई कम आँक्दै स्पष्ट पारेका छन्। क्वालकम आर्मलाई हरेक वर्ष अनुमानित सयौं मिलियन डलर तिर्ने आर्मको ठूलो ग्राहक हो।

यो मुद्दाको मुख्य विषय भनेको विशेष गरी क्वालकमले २०२१ मा १.४ अर्ब डलरमा नुभिया नामक चिप स्टार्टअप किनेपछि क्वालकमले आर्मको बौद्धिक सम्पत्तिको लाइसेन्स प्रयोग सम्बन्धी सम्झौतामा मतभेद हो।

आर्मले यो मुद्दामा नुभियाका डिजाइनहरू नष्ट गर्नुपर्ने माग गरेको छ। आर्मको आरोप अनुसार ती डिजाइनहरू क्वालकमका लो-पावर एआई पीसी चिप्सको आधार बनेका थिए, जसको विकासमा नुभियाका कार्यकारी टोलीले क्वालकमलाई सघाएका रोयटर्सले उल्लेख गरेको छ।

माइक्रोसफ्ट र अन्य कम्पनीहरूले यस वर्ष प्रारम्भ भएका ती चिप्सबाट विण्डोज अपरेटिङ सिस्टमले एप्पलका ल्यापटपसँग गुमाएको बजार पुनः पाउन मद्दत गर्ने विश्वास गरेका छन्।

आर्म चिप उद्योगको एक महत्वपूर्ण कम्पनी हो जसले लगभग सबै कम्पनीलाई आफ्नो प्रविधि लाइसेन्स दिन्छ र एक निष्पक्ष खेलाडी को भूमिका निभाउँछ।

तर ब्रिटिश कम्पनी आर्मले क्वालकमलाई आरोप लगाउँदै उसले नुभियाका डिजाइनहरूको लागि नुभियाका दरमा रोयल्टी तिर्नुपर्थ्यो तर क्वालकमले अत्यन्तै कम दरमा तिर्न खोजेको भन्ने आरोप लगाएको छ। “हामी कहिल्यै यस्तो समस्यामा परेका थिएनौँ,” आर्मका सीईओ रेने हासले अदालतमा भने।

हासले जाँचबुझका क्रममा क्वालकमका वकिलहरूले आर्मलाई आफ्ना ग्राहकलाई प्रतिस्पर्धीका रूपमा देख्न थालेको आरोप लगाए। क्वालकमका कानुनी टोलीले हासले आर्मको बोर्डका लागि तयार पारेको एउटा कागजात देखाउँदै आर्मले आफैँ चिप डिजाइन गर्ने रणनीति बनाएको प्रमाण दिए, जसले क्वालकम र अन्य आर्म ग्राहकसँग प्रतिस्पर्धा गर्ने स्थिति सिर्जना गर्थ्यो।

प्रकाशित: २ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया