खगोल/अन्तरिक्ष

स्पेसएक्सद्वारा २२ वटा नयाँ स्टारलिंक स्याटलाइट सफलतापूर्वक प्रक्षेपण

स्पेसएक्सद्वारा २२ वटा नयाँ स्टारलिंक स्याटलाइट सफलतापूर्वक प्रक्षेपण
फाइल तस्बिर
Global IME Bank

स्पेसएक्सले गत डिसेम्बर १३ का दिन अर्को समूहका स्टारलिंक ब्रडब्यान्ड स्याटलाइटहरूलाई सफलतापूर्वक कक्षमा प्रक्षेपण गरेको हो।

२२ वटा स्टारलिंक स्याटलाइटहरू जोडिएको फाल्कन ९ रकेट क्यालिफोर्नियाको भ्यान्डेनबर्ग स्पेस फोर्स बेसबाट स्थानीय समयअनुसार दिउँसो १:५५ बजे (२१:५५2 जीएमटी) प्रक्षेपण गरियो।

स्पेस डटकमका अनुसार रकेटको पहिलो चरण योजनाअनुसार पृथ्वीमा पुन: फर्कियो र प्रक्षेपणको झन्डै आठ मिनेटपछि “अफ कोर्स आई स्टिल लभ यू” नामको स्पेसएक्सको ड्रोन जहाजमा सुरक्षित रूपमा अवतरण गर्यो।

यो बूस्टरको यो नवौं उडान र अवतरण भएको र यसमा सातवटा स्टारलिंक मिशनहरू पनि समावेश रहेको स्पेसएक्सले जनाएको छ छ। फाल्कन ९ को माथिल्लो चरणले प्रक्षेपणको ६० मिनेटपछि २२ स्टारलिंक स्याटलाइटलाई पृथ्वीको तल्लो कक्षमा छोड्नेछ।

स्पेसएक्सले २०२४ मा अहिलेसम्म १२० भन्दा बढी फाल्कन ९ मिशनहरू सम्पन्न गरिसकेको छ जसमध्ये करिब ७०% मिशन स्टारलिंक मेगाकन्ष्टेलेसन निर्माणमा समर्पित छन्। हाल यो मेगाकन्ष्टेलेसनमा ६,८०० भन्दा बढी सञ्चालनमा रहेका स्याटलाइटहरू समावेश छन्।

Sajilo Visa
easy care