ल्याएको एक हप्तामै बिक्यो नेपालको सबैभन्दा महँगो बिएमडब्लुको लक्जरी गाडी

  • Technology Khabar | २० मंसिर २०८१, बिहीबार
ल्याएको एक हप्तामै बिक्यो नेपालको सबैभन्दा महँगो बिएमडब्लुको लक्जरी गाडी

काठमाडौं ।

नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एकमात्र आधिकारिक आयातकर्ता र डिलर, लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड पर्ने  देशकै सबैभन्दा महँगो लक्जरी गाडी बिएमडब्लु एक्स७ एक्सड्राइभ ४०आई (BMW X7 xDrive 40i) ल्याएको एक हप्ताभित्र बिक्री गरेको बताएको छ।

कम्पनीका अनुसार, यो मोडल गएको कार्तिक २९ गते नेपालमा आयात गरिएको थियो। अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबूती, सुरक्षा, शक्ति, र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी हो।

यस बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रस्ट रूपमा उजागर गरेको कम्पनीको बुझाई छ।

कम्पनीले जनाएअनुसार बिएमडब्लु एक्स७ एक्सड्राइभ ४०आईको छोटो समयमा भएको सफल बिक्रीले नेपालमा प्रिमियम गाडीहरूको बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ।

यो उपलब्धिले नेपाली बजारमा लक्जरी गाडीहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको छ।

प्रकाशित: २० मंसिर २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...