Technology Khabar १९ मंसिर २०८१, बुधबार
काठमाडौं ।
नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि एमपोस रिचार्जमा बोनस उपलब्ध गराएको घोषणा गरेको छ।
कम्पनीले मङ्सिर १८ गतेदेखि आगामी पुस १७ गते सम्मका लागि एमपोस रिचार्जमा बोनस उपलब्ध गराएको छ।
नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न वैकल्पिक उपायहरु अपनाउन सकिन्छ।
यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथै मोबाइल पोइन्ट अफ सेल्स (एमपोस) र नमस्ने पे, ईसेवा, खल्ती, आईएमईपे लगायतका डिजिटल वालेटहरु विकल्पको रुपमा रहेका छन्।
यस्तो छ एमपोसमा बोनस
| S.N. | Upon Recharge of Rupees | Bonus (Resource) |
| 1 | 50-99 | 20 Min On-Net Voice for 3 days |
| 2 | 100-199 | 50 Min On-Net Voice for 3 days |
| 3 | 200-499 | 2 GB (Per day 1 GB for 2 days) |
| 4 | 500 & above | 8GB (Per Day 2GB for 4 days) |
ग्राहकले सहजरुपमा कम्पनीका सेवाहरु मार्फत परिवारजन तथा मित्रवर्गसँग सञ्चार सम्पर्कमा रहिरहन सहज होस् भन्ने उद्देश्यले विभिन्न विद्युतीय माध्यमबाट टपअप गर्न सकिने व्यवस्था कम्पनीले गरेको बताएको छ।
यसका साथै सहज तवरले अविछिन्न रुपमा सञ्चार सेवा उपभोग गर्न ब्यालेन्स सकिएको अवस्थामा समेत प्रिपेड मोबाइल प्रयोगकर्ताहरुको लागि नमस्ते सापटीको सुबिधा कम्पनीले उपलब्ध गराएको छ। प्रिपेड मोबाइल प्रयोगकर्ताहरुले स्टार्ट (Start) टाइप गरी १४७७ मा सन्देश पठाएर अथवा १४७७ (*1477#) डायल गरी १ छनोट गरेर सापटी लिन सक्ने जनाएको छ।
प्रकाशित: १९ मंसिर २०८१, बुधबार