भारतीय आपराधिक समूहको नामबाट व्यावसायीहरुलाई धम्की दिने व्यक्ति ‍पक्राऊ

  • Technology Khabar | १४ मंसिर २०८१, शुक्रबार
भारतीय आपराधिक समूहको नामबाट व्यावसायीहरुलाई धम्की दिने व्यक्ति ‍पक्राऊ
सांकेतिक तस्विर

काठमाडौं ।

नेपालमा व्यावसाय गरिरहेका विभिन्न व्यक्तिहरुलाई भारतीय नम्बरबाट फोनकल तथा मेसेज मार्फत धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राऊ गरेको छ।

पक्राऊ पर्नेमा पाँचथर जिल्लाको साविक मौवा गाविस वडा नं ६ घर भई हाल झापा जिल्ला मेचीनगर नगरपालिका वडा नं १३ चारआली बस्ने ३६ वर्षीय नविन प्रधान भन्ने हरिचन्द्र फुयल रहेको प्रहरीले जनाएको छ।

पक्राऊ परेका फुयलले आफू भारतीय आपराधिक समूह लरेन्स बिश्नोइको सदस्य हुँ भनी मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईसँग तुरुन्त माफी माग्नुपर्ने अन्यथा ज्यान समेत लिने धम्की दिई व्यवसायीहरुलाई आतंकित पारेर आपराधिक लाभ लिन खोजेको प्रहरीको भनाई छ।

फुयललाई बिहीबार बेलुकी जिल्ला झापा, मेचीनगर नगरपालिका वडा नं १३ चारआलीबाट ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर ल्याई प्रारम्भिक अनुसन्धान गर्दा उनले भारतीय आपराधिक समूहको नामबाट व्यवसायीहरुलाई धम्की दिने काम मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईको निर्देशनमा गरेको खुल्न आएको छ।

यसबाहेक उनी योभन्दा अगाडि समेत विभिन्न कसुरमा संलग्न भई फरार रहेको खुल्न आएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको  साथै उनको साथबाट भिभो कम्पनीको मोबाईल १ थान तथा रेडमी कम्पनीको १ थान मोबाईल बरामद गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी होविन्द्र बोगटीले जानकारी दिए।

प्रकाशित: १४ मंसिर २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Chynabazar to launch on July 29: A disruption in e-commerce, connecting direct-from-manufacturer to consumer

  • Technology Khabar
  • १४ मंसिर २०८१, शुक्रबार