दर्शकको उपस्थिति बढाउन लुम्बिनी महोत्सवको टिकटक भिडियो प्रतियोगिता

  • Technology Khabar | १३ मंसिर २०८१, बिहीबार
दर्शकको उपस्थिति बढाउन लुम्बिनी महोत्सवको टिकटक भिडियो प्रतियोगिता

काठमाडौं ।

लुम्बिनी महोत्सवको प्रबर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले भैरहवामा टिकटक प्रतियोगिता आयोजना गरिए‌को छ। सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा यही मङ्सिर २० देखि पुस १ गतेसम्म भैरहवास्थित अञ्चलपुरमा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव हुँदै छ।

सामाजिक सञ्जाल टिकटकमार्फत महोत्सवको प्रचारप्रसार गरी बढीभन्दा बढी दर्शकको उपस्थिति गराउन आयोजकले टिकटक प्रतियोगिता आयोजना गरेका हुन्।

‘लुम्बिनी महोत्सबमा घुम्न जाऔँ भनेर उत्कृष्ट टिकटक भिडियो बनाएर पोस्ट गर्नेलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ।

आजको गोरखापत्रबाट

प्रकाशित: १३ मंसिर २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

रूसद्वारा ५२ स्याटेलाइटको सफल प्रक्षेपण

  • Technology Khabar
  • १३ मंसिर २०८१, बिहीबार