बैतडीको सिगास सञ्चार सेवाबाट वञ्चित, लाग्दैन टेलिकमको फोन

  • Technology Khabar | ३० कार्तिक २०८१, शुक्रबार
बैतडीको सिगास सञ्चार सेवाबाट वञ्चित, लाग्दैन टेलिकमको फोन
नेपाल टेलिकमको टावरको सांकेतिक तस्बिर।

काठमाडौं ।

बैतडी जिल्लाको दुर्गम गाउँपालिका सिगासमा नेपाल टेलिकमको फोन नलाग्दा यहाँका स्थानीय सञ्चार सेवाबाट बञ्चित भएका छन्। यहाँ फोन गर्न डाँडाकाँडा उक्लिनुपर्ने बाध्यता रहेको छ।

सिगास गाउँपालिकाका १ देखि ८ सम्ममा नेपाल टेलिकमको नेटवर्क नलाग्दा सञ्चार सेवाबाट वञ्चित हुनु परेको स्थानीय नवीन साउदले सुनाए। दुःख तथा बिरामी पर्दा आफन्तलाई फोन गर्न अग्लो डाँडा खोज्दै हिँड्नुपर्ने बाध्यता रहेको उनाले गुनासो गरे।

फोन नलागेको गुनासो गर्न नेपाल टेलिकम बैतडी पुग्दा डडेलधुरा टेलिकममा जानु भन्ने जवाफ आउने गरेको सिगासका स्थानीयले गुनासो गरेका छन्। सिगासमा मात्रै होइन, सँगै जोडिएको पाटन नगरपालिका-१०, बैतडीका अधिकांश गाउँमा फोन नलाग्ने समस्या लिएर बुधबार डडेलधुरा टेलिकम पुगेर फर्किएको वडाध्यक्ष धनवीरसिंह कुँवरले बताए।

उले भने, “गाउँमा फोन नलागेर हैरान भएपछि बुधबार नेपाल टेलिकम डडेलधुरामा लिखित रूपमै गुनासो दिएर आएका छौं। नेपालका अधिकांश गाउँठाउँमा फोरजी इन्टरनेट चलिसकेको अवस्थामा दुर्गम गाउँमा अझै फोन नलाग्ने समस्या कायमै छ।”

आजको गोरखापत्रबाट

प्रकाशित: ३० कार्तिक २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Award-winning ‘Electric Compact Vehicle of the Year 2026’ – Proton e.MAS 5 coming to Nepal

  • Technology Khabar
  • ३० कार्तिक २०८१, शुक्रबार