एभरेष्ट बैंक र एनसीएचएलबीच अलिपे+ मार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

  • Technology Khabar | २७ कार्तिक २०८१, मंगलवार
एभरेष्ट बैंक र एनसीएचएलबीच अलिपे+ मार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

काठमाडौं ।

एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अलिपे+ को नेटवर्कमा रहेका सदस्य वालेटहरु मार्फत नेपालपे मर्चेन्टहरुका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।

यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टरअपरेबल क्यूआरको मर्चेन्ट क्यूआर मा अलिपे+ को नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ।

चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले आनो डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टरअपरेबल क्यूआर मा सजिलै भुक्तानी गर्न सक्नेछन्।

अलिपे+को नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३०० भन्दा बढि अक्वायरिङ नेटवर्क, ९ करोड भन्दा बढि ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् |

अलिपे+ को नेटवर्कमा अलिपे चाइना,ओसीबीसी,चाङ्गिपे,जीक्याश, अलिपेएचके,हाइपे,काकाओपे,टसपे,नेभरपे,टीएनजीडी,पीबीबी, ट्रुमनी, माइपे, टिनाबामार्फत अन्तरदेशीयभुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ ।

एनसीएचएलले अलिपे+ सँग अन्तरराष्ट्रिय भुक्तानी साझेदारका रुपमा आबद्ध भई दुइ नेटवर्कबीच भुक्तानी सुचारु गर्न आवश्यक व्यवस्था मिलाइसकेको छ। यस पहल अनुरुप अब एभरेष्ट बैंक सँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ती सम्झौता भएको हो।

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपालक्यूआर मापदण्ड कार्यान्वयन गर्न, नेपालपे क्यूआर एक स्वतन्त्र क्यूआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वधार हो । हाल नेपालपेक्यूआरको नेटवर्क मा ८५०,००० भन्दा बढि (इन्टरअपरेबल क्यूआर समेतका) मर्चेन्टहरु आबद्ध रहेका छन्।

प्रकाशित: २७ कार्तिक २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

बालबालिकाको सामाजिक सञ्जालमा इयूको कडाइ

  • Technology Khabar
  • २७ कार्तिक २०८१, मंगलवार

Election Commission consults experts on voting access for Nepalis abroad

  • २७ कार्तिक २०८१, मंगलवार

MPI Nepal Provides NPR 3.1 Million in Relief Support for Flood-Affected Communities in Rasuwa

  • २७ कार्तिक २०८१, मंगलवार

ड्रोनबाट जोगिन जालको सहारा

  • २७ कार्तिक २०८१, मंगलवार

Yamaha Nepal supports flood-affected families

  • २७ कार्तिक २०८१, मंगलवार

Huawei’s digital literacy initiative highlighted as key to closing global digital divide

  • २७ कार्तिक २०८१, मंगलवार