बिक्री गर्ने योजना नभएको अभिव्यक्तिपछि ट्रम्प मिडियाको सेयरमूल्य बढ्यो

  • Technology Khabar | २६ कार्तिक २०८१, सोमबार
बिक्री गर्ने योजना नभएको अभिव्यक्तिपछि ट्रम्प मिडियाको सेयरमूल्य बढ्यो

काठमाडौं ।

ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुपको सेयर मूल्य शुक्रबार अचानक बढेको छ। यसअघि, अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसियल मिडिया प्लेटफर्मको सेयर बेच्ने कुनै योजना नरहेको बताएका थिए।

ट्रम्पले ट्रुथ सोसियलमा एउटा पोस्ट गर्दै आफ्नो सेयर बेच्ने अफवाहहरूलाई खण्डन गरे। उनले भने, “यस्ता अफवाहहरू झुटा, असत्य, र सम्भवतः गैरकानूनी छन्, जुन सायद बजारमा हेरफेर गर्न चाहने वा छोटो समयमा नाफा कमाउने व्यक्तिहरूद्वारा फैलाइएको हो। म कुनै पनि सेयर बेच्ने योजनामा छैन।”

ट्रम्पको यस घोषणापछि कम्पनीको सेयर मूल्य १५.२ % ले बढेर ३१.९१ डलरमा बन्द भएको थियो र ट्रेडिङको समयमा यो ३३.०३ डलरसम्म पुगेको थियो। ट्रम्पको यस घोषणापछि सेयर मूल्यमा उतारचढाव देखिएकाले केही समयका लागि ट्रेडिङ रोकिएको जीएसएमएरिनाले उल्लेअ गरेको छ।

ट्रम्पले डेमोक्र्याट कमला ह्यारिसलाई चुनावमा हराएर उनको दोस्रो कार्यकालको सम्भावनामा लगानीकर्ताहरूको चासो घटेपछि बिहीबार कम्पनीको सेयर मूल्यमा गिरावट आएको थियो । मंगलबारको चुनाव पछि बुधबार सेयर मूल्य ५.९% ले बढेको थियो।

चुनाव अगाडि ट्रम्प र उपराष्ट्रपति ह्यारिसको बीचको प्रतिस्पर्धा नजिक रहेको धेरैजसो सर्वेक्षणहरूले देखाएका थिए। तर, अनलाइन बेटिङ मार्केटहरूमा ट्रम्पको सम्भावना बढी देखिएको कारण, लगानीकर्ताहरूले ट्रम्प मिडियाको सेयरमा अधिक लगानी गरेका थिए। यसले चुनावभन्दा अघिको ६ हप्तामा कम्पनीको सेयर मूल्यलाई २००% ले बढाएको थियो।

जीएसएमएरिनाका अनुसार ट्रम्पले यसअघि सेप्टेम्बरमा पनि आफ्नो सेयर बेच्ने कुनै योजना नभएको र ट्रुथ सोसियल प्लेटफर्म नछोड्ने घोषणा गरेका थिए। हाल ट्रम्पसँग करिब ११५ मिलियन सेयर छन्, जसले कम्पनीमा ५३ % स्वामित्व राख्छ।

शुक्रबारको सेयर मूल्यका आधारमा ट्रम्पको हिस्साको मूल्य करिब३.७ अर्ब डलर भएको छ, जबकि कम्पनीको कुल बजार पूँजीकरण ७ अर्ब डलर छ।

कम्पनीको सेयरमा हालको ३०-दिनको अनुमानित उतारचढाव, जुन सेयर बजारमा भविष्यमा कति उतारचढाव हुने अपेक्षा गरिन्छ भन्ने सूचक हो, चुनाव अगाडि ३००% को रेकर्ड उच्च स्तरमा पुगेको थियो। अहिले पनि यो २०० % मा कायम छ जसलाई उच्च मानिन्छ।

प्रकाशित: २६ कार्तिक २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार