अब गुगलको स्प्लिट स्क्रीन जेमिनी थप ग्यालेक्सी र पिक्सेल डिभाइसहरुमा उपलब्ध हुने

  • Technology Khabar | १६ कार्तिक २०८१, शुक्रबार
अब गुगलको स्प्लिट स्क्रीन जेमिनी थप ग्यालेक्सी र पिक्सेल डिभाइसहरुमा उपलब्ध हुने

काठमाडौं ।

जब दक्षिण कोरियाली टेक जायन्ट सामसङले आफ्नो ग्यालेक्सी जेड फोल्ड६ मा वनयूआई ६.१.१ सँग जेमिनी एआई सहायकको स्प्लिट-स्क्रिन मोड पेश गर्यो त्यति बेला यो सुविधा केवल यसै मोडलमा मात्र उपलब्ध थियो।

तर अहिले भने गुगलले यो सुविधा ठूला स्क्रिन भएका अन्य एण्ड्रोइड उपकरणहरूमा पनि विस्तार गरेको छ्। यी डिभाइसहरुमा ग्यालेक्सी ट्याबलेटहरू, पुराना ग्यालेक्सी जेड फोल्ड मोडेलहरू र पिक्सेल ट्याबलेट तथा फोल्डेबलहरू समावेश रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

यो सुविधाले जेमिनी लाई स्क्रिनमा सार्न मिल्नेगरी एउटा फ्लोटिङ विन्डोमा काम गर्न अनुमति दिन्छ। साथै जेमिनीले पृष्ठभूमिमा देखिएको स्क्रिनसँग सम्बन्धित सहयोग दिन अन्य भागमा रहेका भिडियो वा पाठमा अनुसन्धान गर्न, र मल्टिटास्किङ अनुभवलाई अझ राम्रो बनाउन मद्दत पुर्‍याउँछ।

प्रकाशित: १६ कार्तिक २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Nepal Budget 2083/84: IT leaders urge clear PPP modality and infrastructure support to realize ‘Sovereign AI’

  • Technology Khabar
  • १६ कार्तिक २०८१, शुक्रबार