तेस्रो त्रैमास: चीनको स्मार्टफोन बिक्रीमा एप्पलको गिरावट, ह्वावेको वृद्धि

  • Technology Khabar | १२ कार्तिक २०८१, सोमबार
तेस्रो त्रैमास: चीनको स्मार्टफोन बिक्रीमा एप्पलको गिरावट, ह्वावेको वृद्धि

काठमाडौं ।

चीनमा सन् २०२४ को तेस्रो त्रैमासमा एप्पलको आईफोन बिक्री ०.३ प्रतिशतले घटेको छ भने प्रतिद्वन्द्वी ह्वावेले ४२ प्रतिशतले वृद्धि गरेको छ। योसँगै विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजारमा प्रतिस्पर्धा बढ्दै गएको रोयटर्सले उल्लेख गरेको छ।

एप्पल १५.६ प्रतिशत बजार हिस्साका साथ दोस्रो स्थानमा पुगेको भए तापनि वार्षिक रूपमा भने ०.५ प्रतिशतले अंक घटेको उल्लेख गरिएको छ। त्यसैगरी ह्वावे ४.२ प्रतिशत अंक प्राप्त गर्दै १५.३ प्रतिशतका साथ तेस्रो स्थानमा पुगेको अनुसन्धान संस्था आईडीसीको तथ्याङ्कले देखाएको छ।

मुख्य रूपमा बजेट फोनहरू बिक्री गर्ने भिभोले १८.६ प्रतिशतको बजार हिस्साका साथ शीर्ष बिक्रेता बन्न सफल भएको छ।

विश्लेषकहरूले बताए अनुसार घरेलु रूपमा उत्पादित चिप भएको ह्वावेको मेट ६० सिरिजको साथ प्रिमियम खण्डमा गत वर्षको पुनरागमन पछ्याएको रोयटर्सले उल्लेख गरेको छ।

चिनियाँ टेक जायन्टले यस वर्षको सुरुमा रिलिज गरिएको पछिल्लो पूरा ७० मोडलको साथ एप्पलको स्थितिलाई चुनौती दिएको उल्लेख गरिएको छ।त्यसैगरी एप्पलले चीनमा थप हेडविन्डको सामना गरेको छ जसमा केही सरकारी एजेन्सीहरूले आईफोन प्रयोगमा प्रतिबन्ध लगाएका छन्।

यूएस टेक जायन्टले भने प्रतिक्रियाको रूपमा बिक्री बढाउनका लागि धेरै छुट अभियानहरूको थालनि गरेको उल्लेख छ।

यसै वर्षको गत सेप्टेम्बर २० तारिखदेखि बिक्री सुरु भएको नयाँ आईफोन १६ ले तेस्रो त्रैमासिक कम्पनीलाई आंशिक रूपमा मद्दत गरेको उल्लेख छ। साथै सोही दिनमा ह्वावेले प्रतिस्पर्धी प्रोडक्टको रूपमा आफ्नो ट्राइ–फोल्डेबल फोन लन्च गरेको थियो।

नयाँ आईफोनले चीनमा बलियो सुरुवात गरेको छ भने सन् २०२३ को मोडलको तुलनामा लन्च भएको पहिलो तीन हप्तामा २० प्रतिशतले बिक्री बढेको भनि अनुसन्धानकर्ता काउन्टरपोइन्टको छुट्टै डाटाले देखाएको रोयटर्सले उल्लेख गरेको छ।

“आफ्नो वार्षिक नयाँ प्रोडक्ट लन्चका साथ एप्पल १५.६ प्रतिशत बजार शेयरसँगै चीनको शीर्ष पाँच बजार र्र्याकिङमा फर्कि्यो” आईडीसीले उल्लेख गरेको छ।

“बजार प्रमोशनमा पछिल्ला वृद्धि र एप्पल भिजन प्रो को लन्चका साथ आईफोन १६ सिरिजको लागी बजार माग बिस्तारै भविष्यमा पूरा हुने अपेक्षा गरिएको छ।”

समग्रमा तेस्रो त्रैमासमा चीन स्मार्टफोन बिक्री ३.२ प्रतिशत बढेर ६८.७८ मिलियन एकाइमा पुगेको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: १२ कार्तिक २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

उबरले ३,००० भन्दा बढी कर्मचारीहरु निकाल्दै

  • Technology Khabar
  • १२ कार्तिक २०८१, सोमबार