एप्लिकेसन

ट्रुकलर एपमा सीआईबी प्रमुखको फोटो राखेर धाकधम्की दिने व्यक्ति पक्राऊ

ट्रुकलर एपमा सीआईबी प्रमुखको फोटो राखेर धाकधम्की दिने व्यक्ति पक्राऊ
सांकेतिक तस्विर
Global IME Bank

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको फोटो र नाम ट्रुकलर एपमा प्रयोग गरी विभिन्न वित्तीय संस्था तथा व्यक्तिहरुलाई सीआईबीबाट फोन गरेको भनी धाकधम्की दिने काममा संलग्न एक जनालाई प्रहरीले पक्राऊ गरेको छ।

पक्राउ पर्नेमा मोरङ जिल्ला विराटनगर महानगरपालिका, वडा नं १, ठूलो मिल चोक घर भएका ३० वर्षीय हेम कुमार खड्का रहेका प्रहरीले जनाएको छ।

खड्कालाई गत कार्तिक ६ गते जिल्ला मोरङ जिल्लाको विराटनगर महानगरपालिका, वडा नं १ ठूलो मिल चोकबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, मोरङबाट थप अनुसन्धान एवं कानुनी कारवाही भइरहेको छ।

यसबाहेक ‘ब्यूरोको कर्मचारी हुँ’ भनी फोन गरी धाक धम्की दिने, ट्रुकलर  लगायतका अन्य एपहरुमा यो कार्यालय तथा कर्मचारीको नाम लोगो वा संकेत प्रयोग गरी गैह्रकानुनी गतिविधिमा संलग्न भएको जानकारी भएमा  जानकारी गराउन सीआईबीले अनुरोध पनि गरेको छ।

Sajilo Visa
easy care