मूल्यांकन ८ अर्ब डलर पुर्याउन लगानी जुटाउने प्रयासमा एआई सर्च इञ्जिन पर्प्लेक्सिटी

  • Technology Khabar | ७ कार्तिक २०८१, बुधबार
मूल्यांकन ८ अर्ब डलर पुर्याउन लगानी जुटाउने प्रयासमा एआई सर्च इञ्जिन पर्प्लेक्सिटी
फाइल तस्बिर

काठमाडौं ।

एआई सर्च इञ्जिन पर्प्लेक्सिटी हालको मूल्यांकन ८ अर्ब पुर्याउन लगानी जुटाउन प्रयास गर्दैछ। वालस्ट्रीट जर्नलका अनुसार यो कम्पनीले लगभग ५०० मिलियन डलर लगानी उठाउने छलफलमा छ। यदि यो सम्झौता भएको खण्डमा पर्प्लेक्सिटी को मूल्यांकन आउँदो गृष्म ऋतुमा सफ्टब्याङ्क बाट उठाएको ३ अर्ब डलर मूल्यांकन भन्दा दोब्बर हुनेछ।

रिपोर्ट अनुसार कम्पनीले हाल दैनिक १५ मिलियन सर्च प्रश्नहरू प्राप्त गरिरहेको छ र वार्षिक रूपमा यसले लगभग ५० मिलियन डलर आम्दानी गर्छ।

पर्प्लेक्सिटीले एआई को मद्दतले प्रयोगकर्ताहरूलाई वेब सर्चमा सजिलो बनाउन एउटा च्याटबट शैलीको इण्टरफेस प्रयोग गर्छ। तर केही समाचार प्रकाशकहरूले कम्पनीलाई बिना अनुमति वेब सामग्री संकलन र प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोप पनि लगाएका छन्।

अझ न्यूयोर्क टाइम्सले ले त पर्प्लेक्सिटीलाई सीईज एण्ड डेजिस्ट अर्थात् अदालतबाट सबै सम्पत्ति खोसेर काम रद्द गर्ने मागसहितको आदेश पत्र समेत पठाएको छ तर कम्पनीका सीईओ अरविन्द श्रीनिवासले आफू प्रकाशकहरूसँग मिलेर काम गर्न चाहेको बताएका छन् र कसैको विरोधी बन्ने चासो नरहेको बताएका टेकक्रञ्चले उल्लेख गरेको छ।

यो लगानी छलफल ओपनएआई ले हालै १५७ अर्ब डलर मूल्यांकनमा ६.६ बिलियन डलर लगानी उठाएको घोषणापछि आएको हो। जबकि ओपनएआईको च्याटजीपीटी जस्ता उत्पादनहरूले च्याटबट र सर्च इञ्जिनको बीचको रेखा लगभग मेटाइदिएका छन्।

ओपनएआई अब सर्चजीपीटी मार्फत प्रत्यक्ष रूपमा खोजमा केन्द्रित हुँदैछ। पर्प्लेक्सिटीका प्रवक्ताले भने वालस्ट्रीट जर्नलको रिपोर्टमा कुनै टिप्पणी गर्न नमानेको उल्लेख गरिएको छ।

प्रकाशित: ७ कार्तिक २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...