Apple

आईप्याड मिनी-२०२४ मा ८ जीबीको र्याम रहेको गीकबेन्च लिस्टिङको पुष्टि

आईप्याड मिनी-२०२४ मा ८ जीबीको र्याम रहेको गीकबेन्च लिस्टिङको पुष्टि
Global IME Bank

एप्पलले गत मंगलबार एक साधारण प्रेस विज्ञप्तिमा आफ्नो आईप्याड मिनी (२०२४) घोषणा गरेको थियो। यसैक्रममा आईप्याड मिनी-२०२४ को विशेषताहरुबारे थप विवरणहरू गीकबेन्च लिस्टिङले खुलासा गरेको छ।

यो डिभाइस ‘आईप्याड १६,२’ को रूपमा देखा परेको छ भने यसले २,८१७ सिङ्गल–कोर र ६,९८२ मल्टि–कोर स्कोर गरेको छ जुन आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स सँग मिल्दोजुल्दो रहेको छ।

साथै एप्पल ए१७ प्रो चिपसेट आईप्याड मिनी-२०२४ मा बाहेक समावेश गरिएका अन्य डिभाइसहरूमा आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स मात्र रहेका छन्।

यद्यपि नयाँ आईप्याडले आईफोन १५ प्रो मोडेलहरूमा पाइने एसओसी भन्दा कम जीपीयू कोरको साथ ए१७ प्रो को बिन्ड गरिएको संस्करण फिचर गर्दछ।

त्यसैगरी सातौं जेनको आईप्याड मिनीमा ८ जीबी र्याम रहेको पुष्टि गरिएको छ र यो आईप्याडओएस १८.१ सँग उपलब्ध भएपछि एप्पल इन्टेलिजेन्स चलाउनको लागि आवश्यक प्रणाली जस्तो देखिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

एप्पल आईप्याड मिनी-२०२४ को १२८जीबी ‘वाई–फाई मात्र’ मोडेलको लागि ४९९ अमेरिकी डलर (५९९ यूरो/४९९ पाउन्ड स्टर्लिंङ) र सेलुलर जडान भएको संस्करणको लागि ६४९ अमेरिकी डलर (७६९यूरो/६४९ पाउन्ड स्टर्लिंङ) मूल्य कायम गरिएको छ।

साथै आईप्याड मिनी-२०२४ को प्रि–अर्डरहरू खुला भइसेकका छन् भने अक्टोबर २३ तारिखदेखि ढुवानी सुरु हुने तालिका रहेको छ।

Sajilo Visa
easy care