Apple

एप्पलको परिमार्जित म्याक मिनी र आईप्याड मिनी नोभेम्बर १ मा आउने सम्भावना

एप्पलको परिमार्जित म्याक मिनी र आईप्याड मिनी नोभेम्बर १ मा आउने सम्भावना
Global IME Bank

एप्पलसँग आफ्नो भण्डारमा यो शरद ऋतुका लागि धेरै हार्डवेयर घोषणाहरू रहेको जनाइएको छ। यस हप्ताको पावर अन न्यूजलेटरमा एप्पलले नयाँ म्याकबुक प्रो मोडेलहरू, पुनः डिजाइन गरिएको म्याक मिनी, एम४ आईम्याक र नयाँ आईप्याड मिनी महिनाको अन्त्य अघि घोषणा गर्ने तयारी गरिरहेको ब्लूमबर्गका मार्क गर्मनले रिपोर्ट गरेको जनाइएको छ।

साथै यी मध्ये “कम्तिमा केही” प्रोडक्ट (उत्पादन) हरूको लागि नोभेम्बर १ को रिलिज मिति लक्षित गरिएको थप उल्लेख गरिएको छ।

गर्मनले उल्लेख गरे अनुसार लो र हाई–इण्ड १४–इन्च म्याकबुक प्रो आउने सम्भावना रहेको र दुवैमा एम४ चिपहरू प्याक गरिने जनाइएको छ। त्यसैगरी १६ इन्चको हाई–इण्ड म्याकबुक प्रो पनि रहेको थप उल्लेख गरिएको छ।

म्याक मिनीको सन्दर्भमा गर्मनले आगामी एम४ म्याक मिनी आफ्नो पूर्ववर्तीहरूको तुलनामा सानो हुन सक्ने र यसको आकार लगभग एप्पल टिभी बक्सको जत्रो हुने यसअघि रिपोर्ट गरेका थिए।

म्याक मिनीले यूएसबी–ए पोर्टहरू समावेश नगर्ने भएकाले आकार घटाउन लागिएको हुन सक्ने थप उल्लेख गरिएको छ।

फल रिलिजपछि एप्पलसँग सन् २०२५ को प्रारम्भको लागि अन्य उत्पादनहरू तयार हुने गर्मनले भविष्यवाणी गरेका छन् जसमा १३ इन्च र १५ इन्चको एम४ म्याकबुक एयरसहित रिफ्रेस गरिएको आईफोन एसई र दुई साइजको आईप्याड एयर समावेश रहेको इनग्याजेटले उल्लेख गरेको छ।

Sajilo Visa
easy care