साढे ४६ करोड वर्षअघि पृथ्वीको वरिपरी पनि शनि ग्रहको जस्तै घेरा भएको हुनसक्ने, अहिले किन छैन त?

Technology Khabar ९ आश्विन २०८१, बुधबार

काठमाडौं ।

हाम्रो सौर्यमण्डलमा जति ग्रहहरु छन् ती सबैमध्ये शनि ग्रह सबैभन्दा अलग देखिन्छ। शनि ग्रहलाई अन्य ग्रहभन्दा विशेष बनाउँछ यसको चारैतिर रहेको गोलाकार वस्तुले। वैज्ञानिकहरुका अनुसार पृथ्‍वीमा पनि कुनै समय यस्तो वरिपरी घुमेको वस्तु रहेको हुनुपर्छ।

विभिन्न रिपोर्टहरुका अनुसार गत हप्ता अर्थ एण्ड प्लानेटरी साइन्स लेटर्स मा एउटा अनुसन्धान पत्र प्रकाशित भएको थियो। त्यसमा वैज्ञानिकहरुले कुनै बेला पृथ्वीको वरिपी पनि यस्तै गोलाकार  वस्तु रहेको प्रमाणहरु पेश गरेका छन्।

तर यस्तो भएको पनि करोडौं वर्ष बितिसकेको छ। वैज्ञानिकहरुको धारणा अनुसार पृथ्‍वीको चारैतिर यस प्रकारको गोलाकार रिंग लगभग साढे ४६ करोड वर्ष बनेको थियो यो वस्तु त्यसपछिका केही वर्षसम्ममात्र अस्तित्वमा रहन सकेको ग्याजेट३६० डिग्रीले उल्लेख गरेको छ।

यस्तो रिङ अर्थात् गोलाकार वस्तु कसरी बन्छ?

रिपोर्टहरुका अनुसार कुनै क्षुद्रग्रह जस्तो सानो अन्तरिक्षको वस्तु कुनै ठूलो ग्रहको नजिका बाट गुज्रने क्रममा गुरुत्‍वाकर्षणका कारण ग्रहहरुबीच खिंचातानी शुरु हुन्छ।

यो खिचातानीमा यी दुवै ग्रह एकअर्काको निकै नजिक आएपछिउक्त क्षुद्रग्रह साना साना टुक्राहरुमा छरपस्ट हुन्छ। यसै तरिकाले क्षुद्रग्रहका अनगिन्ति टुक्रा र धुलाोहरु ग्रहका चारैतिर गोलाकार रुपमा रहन्छन्।

समय बित्दै जाने क्रममा यी वस्तुहरुहरु उक्त ग्रहमा नै झर्छन्  क्रेटर अर्थात् विशाल खाडलहरु बन् जान्छन्।

वैज्ञानिकहरुका अनुसार लगभग साढे ४६ करोड वर्षअघि थुप्रै क्षुद्रग्रहहरु हाम्रो ग्रह अर्थात् पृथ्वीसँग ठक्कर खाए। यसैका कारण पृथ्‍वीमा थुप्रै क्रेटर अर्थात् पृथ्वीको सतहमा विशाल र गहिरा खाडलहरु बन्न पुगे।

शनिको वरपरी मात्र यस प्रकारको गोलाकार वस्तु हुँदैन बरु बृहस्पति, नेप्च्युन र युरेनसका वरिपरी पनि पनि यस प्रकारको गोलाकार वस्तु छन् भन्ने विश्वास गरिन्छ जुन धेरै स्पष्ट नभएकाले देख्न भने सकिँदैन।

फोबोस र डिमोस जस्ता मंगल ग्रहका साना चन्द्रमाहरू पनि यसको पुरानो चट्टानको हिस्सा हुनसक्ने वैज्ञानिकहरूको आकलन छ।

पृथ्वीमा रहेको गोलाकार वस्तु यसको भूमध्य रेखाको वरिपरि रहेको हुनसक्ने वैज्ञानिकहरूको विश्वास छ। किनभने पृथ्वीमा २१ वटा त्यस्ता क्रेटरहरू वा विशाल खाडलहरु फेला परेका छन्, जुन क्षुद्रग्रहको टक्करबाट बनेका हुन सक्छन्। यी सबै ती महाद्वीपहरूमा छन् जुन साढे ४६ करोड मिलियन वर्ष पहिले भूमध्य रेखाको नजिकमा थिए।

ग्यजेट्स३६० मा उल्लेख भए अनुसार वैज्ञानिकहरू अझै पनि यस अध्ययनमा काम गरिरहेका छन्। उनीहरुलाई यो पनि थाहा छ कि साढे ४६ करोड वर्ष पहिले पृथ्वी धेरै चिसो थियो। यो रिङ अर्थात् गोलाकार वस्तु पृथ्वीमै कतै रहेको छ।

वैज्ञानिकहरु अब एउटा गणितीय मोडेल बनाउन चाहन्छन् जसले क्षुद्रग्रहको विभाजन र फैलावटको व्याख्या गर्दछ। यसले कुनै रिंग वा गोलाकार वस्तुका कारण उक्त ग्रह कति चिसो छ भन्ने देखाउँछ।

प्रकाशित: ९ आश्विन २०८१, बुधबार

तपाइको प्रतिक्रिया