ह्वावेपछि शाओमीले पनि ट्राइ-फोल्ड स्मार्टफोन लन्च गर्न सक्ने, प्याटेन्ट लीक

  • Technology Khabar | ५ आश्विन २०८१, शनिबार
ह्वावेपछि शाओमीले पनि ट्राइ-फोल्ड स्मार्टफोन लन्च गर्न सक्ने, प्याटेन्ट लीक

काठमाडौं ।

हालै चिनियाँ इलेक्ट्रोनिक्स कम्पनी ह्वावेले पहिलो ट्रिपल फोल्ड स्मार्टफोन मेट एक्सटी अल्टिमेट डिजाइन सार्वजनिक गरेको छ। अब ठूला स्मार्टफोन कम्पनीहरु मध्येको एक शाओमीले पनि ट्राई फोल्ड स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ।

हालै, शाओमीले यस स्मार्टफोनको लागि चाइना नेशनल इन्टेलेक्चुअल प्रोपर्टी एडमिनिस्ट्रेशन (सीएनआईपीए) मा प्याटेन्ट आवेदन दायर गरेको छ।

यस पेटेन्टलाई उद्धृत गर्दै एक मिडिया रिपोर्टले यस स्मार्टफोनको डिजाइनको बारेमा जानकारी दिएको छ।

यसमा दुईओटा हिन्जहरू छन्, जसमध्ये एउटाले स्मार्टफोनको बाहिरी भागलाई बाहिर फ्लिप गर्छ र पूर्णरूपमा बन्द हुँदा यो सामान्य स्मार्टफोन जस्तै देखिन्छ। पूर्ण रूपमा खोल्दा, यो आयताकार मुख्य डिस्प्ले भएको ट्याब्लेट जस्तो देखिन्छ।

यो शाओमी स्मार्टफोनमा दुईओटा पछाडि तीनओटा प्यानलहरू भए तापनि यो ह्वावेको मेट एक्सटी अल्टिमेट डिजाइन जस्तो चौडा देखिँदैन। खोल्दा र फोल्ड गर्दा, यो सामसङको ग्यालेक्सी जेड फोल्ड ६ जस्तो देखिन्छ।

तर, यो स्मार्टफोन कहिले उत्पादनका लागि तयार हुन्छ भन्ने थाहा छैन।

प्रकाशित: ५ आश्विन २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

सार्वजनिक यातायातमा प्रविधिको निगरानी

  • Technology Khabar
  • ५ आश्विन २०८१, शनिबार
Desktop Popup ImageMobile Popup Image×