स्मार्टच्वाइस टेक्नोलोजीजले ल्यायो “तिर्की दाउ: TRIAL Offer”, पोस कारोबारमा रु ७७७ सम्म क्यासब्याक

  • Technology Khabar | १९ भाद्र २०८१, बुधबार
स्मार्टच्वाइस टेक्नोलोजीजले ल्यायो “तिर्की दाउ: TRIAL Offer”, पोस कारोबारमा रु ७७७ सम्म क्यासब्याक

काठमाडौं ।

नेपालीहरुको महान पर्व हरितालिका तीज, बडा दशैं तथा शुभ दीपावलीलाई लक्षित गरेर स्मार्टच्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) ले “तिर्की दाउः TRIAL Offer” सार्वजनिक गरेको छ।

यस, अफर अन्तर्गत एससीटी–यूपिआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा पिओएसमार्फत विद्युतीय कारोबार गर्दा रु ७७७ सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । हालसम्म एससीटी–यूपिआई डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्न एससीटीसंग आवद्ध बैंक तथा वित्तिय संस्थाहरुमा गएर प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले यस अवधिमा ६ महिनादेखि प्रयोगमा नल्याएको एससीटी– यूपिआई डेबिट कार्ड प्रयोग गरेमा रु १११ को क्यासब्याक र सबै प्रयोगकर्ताले तीन वा सोभन्दा धेरैपटक कारोबार गर्दा रु ३३३ क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

साथै, सात वा सो भन्दा धेरै कारोबार गर्दा रु. ७७७ क्यासब्याक पाउन सक्नेछन्। हरेक कारोबारको रकम ५०० वा सोभन्दा धेरै हुनपर्नेछ र एउटै टर्मिनलबाट दिनको एकपटकको कारोबार मात्र अफरका लागि मान्य हुनेछ।

साथै, भारतमा पनि नेपाली रुपैयाँ २५०० वा सोभन्दा धेरैको कारोबार गरेको खण्डमा नेपाली रुपैयाँ २५० को क्यासब्याक प्राप्त गर्न सक्नेछन् । अफर यहि सेप्टेम्बर १ देखि अक्टोबर ३१ सम्म लागु हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १९ भाद्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...