अमेरिकाको न्याय विभागद्वारा एनभिडियामाथि प्रतिस्पर्धा विरोधी मुद्दा दायर

Technology Khabar १९ भाद्र २०८१, बुधबार

काठमाडौं ।

प्रविधि र एआई चिपको क्षेत्रमा अग्रणी एनभिडियाले प्रतिस्पर्धा विरोधी कानून उल्लङ्घन गरेको छ कि छैन भनेर जाँच भइरहेको अवस्थामा अमेरिकी न्याय विभागले एनभिडियालाई गम्भीर छानबिनका लागि अदालतमा उपस्थित हुन आदेश दिएको छ।

यसबारे ब्लूमबर्गले रिपोर्ट प्रकाशन गरेनको बिजनेसइन्साइडरले लेखेको छ।

यो कदमले न्याय विभागको अनुसन्धान स्तरोन्नति भएको देखाउँछ। न्याय विभागका वकिलहरूले पहिले विभिन्न व्यवसायलाई प्रश्नावली पठाइसकेकोमा हाल एनभिडिया कर्पोरेशन र अन्य प्रविधि कम्पनीहरूलाई पठाइएको यो पत्र अलिक फरक भएको र यसले अनुसन्धानलाई कम्पनीमाथि सम्भावित मुद्दा हाल्ने अवस्थासम्म पुर्याउने जनाइएको छ।

एनभिडिया तर्फका प्रवक्ताले यसबारेमा टिप्पणी गर्न अस्वीकार गरे। बिजनेस इन्साइडरले टिप्पणीको लागि न्याय विभागलाई सम्पर्क गरेको छ।

अघिल्लो रिपोर्टहरू अनुसार संघीय एजेन्सीहरूले विभिन्न समूहहरुमा प्रतिस्पर्धा विरोधी मुद्दाहरूको जाँच गरिरहेका छन्।

न्याय विभागका अधिकारीहरूले एनभिडियाको प्रभुत्वले किन अन्य आपूर्तिकर्ताका चिप प्रयोग गर्न गाह्रो बनाएको छ भन्ने बारेमा अनुसन्धान गरिरहेको छ। केही समर्थक समूहहरूले एनभिडियाले आफ्नो चिप प्रयोग गर्ने ग्राहकलाई धम्की दिने गरेको आरोप लगाएका छन्।

पोलिटिकोका अनुसार न्याय विभागका वकिलहरूले यस वर्ष एनभिडियाले  अधिक कुशलताका साथ चिपहरू सञ्चालन गर्न मद्दत गर्ने कम्पनी रन  किनेको भन्ने कुरा पनि जाँच गर्दैछन्।

अलग रूपमा संघीय व्यापार आयोगले माइक्रोसफ्ट र ओपनएआईको साझेदारीले प्रतिस्पर्धा विरोधी कानून तोडेको छ कि छैन भनेर जाँच गरिरहेको छ। ओपनएआईले आफ्ना उत्पादनहरूको आधारभूत भाषा मोडेलहरूलाई प्रशिक्षण दिन एनभिडियाका चिपहरू प्रयोग गर्दछ।

एनभिडियाको स्टक मूल्य हालको बजारको गिरावटका कारण झण्डै १०% घटेको छ।

प्रकाशित: १९ भाद्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया