प्रधानमन्त्रीद्वारा ‘हाइड्रोजन कार’ र ‘रिफ्युलिङ प्रणाली’को शुभारम्भ

  • Technology Khabar | १४ भाद्र २०८१, शुक्रबार
प्रधानमन्त्रीद्वारा ‘हाइड्रोजन कार’ र ‘रिफ्युलिङ प्रणाली’को शुभारम्भ
प्रधानमन्त्री केपी शर्मा ओली काभ्रेपलाञ्‍चोक जिल्लाको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको आज धुलिखेलमा उद्घाटनका क्रममा । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले परिक्षण गरिरहेको पहिलो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका छन्।

विश्वविद्यालयको २९ औं दीक्षान्त अघि सो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुक्रबार शुभारम्भ गरेका हुन्।

सो अवसरमा प्रधानमन्त्री ओलीले हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भइ प्रदूषण कम गर्न सहयोग हुने बताए।

प्रधानमन्त्री केपी शर्मा ओली काभ्रेपलाञ्‍चोक जिल्लाको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको आज धुलिखेलमा उद्घाटनका क्रममा । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

दक्षिण कोरियाली ब्रान्ड हुन्डाईको नेक्सो हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याइएको हो।

केयुले नेपाल भित्र्याएको हाइड्रोजन कारमा ९५ किलोवाट क्षमताको फ्यूल सेल छ। कारमा रहेको इलेक्ट्रिक मोटरले १२० किलोवाट (१६१ हर्सपावर) र ३९५ एनएम टर्क प्रदान गर्छ। हाइड्रोजन ट्यांक फूल भएको अवस्थामा कारले ६११ किलोमिटर रेञ्ज प्रदान गर्ने दाबी गरिएको छ।

विश्वविद्यालयअन्तर्गत ग्रीन हाइड्रोजन ल्याबले परीक्षण प्रयोजनका लागि उक्त गाडी नेपाल भित्र्याएको हो। ल्याबमा पाँच जना विद्यावारिधिसहित २२ जना अनुसन्धानकर्ताले काम गर्दै आएका छन्।

प्रकाशित: १४ भाद्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Award-winning ‘Electric Compact Vehicle of the Year 2026’ – Proton e.MAS 5 coming to Nepal

  • Technology Khabar
  • १४ भाद्र २०८१, शुक्रबार