
काठमाडौं ।
नेपाल प्रहरीको साइबर ब्युरोले एआईलगायतका प्रविधिको दुरुपयोग गरेर अरुको चरित्र हत्या नगर्न सबैलाई सचेत गराएको छ।
ब्युरोले आज एक विज्ञप्ति प्रकाशित गरी पछिल्लो समय सामाजिक सञ्जाल, अन्य डिजिटल प्लेटफर्म र AI ( Artificial Intelligence) लगायतका प्रविधिहरूको दुरुपयोग गरी कुनै संगठन तथा व्यक्तिलाई विशेष लक्षित गरेर चरित्रमा निर्मम आघात पुऱ्याउने उद्देश्यले भ्रामक सामग्री सामाजिक सञ्जालमा आउने गरेकोमा त्यस्तो नगर्न सबैलाई आग्रह गरेको हो।
‘अतिरञ्जित तवरबाट कपोकल्पित र भ्रामक विषयमा श्रव्य-दृश्य सामाग्री तयार तथा प्रसारण गरी/गराई सामाजिक, पारिवारिक तथा राजनैतिक चरित्र हत्या गर्ने गराउने घटनाक्रम बढ्दै गइरहेको पाइएको हुँदा यस प्रकारका गतिविधि नगर्न/नगराउन हुन साइबर ब्यूरो अनुरोध गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।
साथै ब्युरोले यस्ता काम गरेको पाएमा त्यसको जवाफदेही आफैं हुनुपर्ने भएकोले चेतावनी दिँदै कानुनी झन्झटमा पर्नबाट जोगिनसमेत अनुरोध गर्दछ।
प्रकाशित: २ भाद्र २०८१, आईतवार