शाओमी स्मार्ट ब्यान्ड ९ चाँडै विश्व बजारमा आउने

Technology Khabar २८ श्रावण २०८१, सोमबार

काठमाडौं ।

शाओमीले गत महिना चीनमा शाओमी मिक्स फोल्ड ४ र शाओमी मिक्स फ्लिप सँगसँगै स्मार्ट ब्यान्ड ९ पनि लन्च गरेको थियो। अब यो स्मार्ट ब्यान्ड ९ विश्वव्यापी बजारमा “चाँडै” आउने अनुमान गरिएको छ।

टिपस्टर आर्सेन लुपिनबाट विश्व बजारमा शाओमी स्मार्ट ब्यान्ड ९ चाँडै आउँदैछ भन्ने समाचार बाहिरिएको भए तापनि उनले विश्वव्यापी बजारमा सार्वजनिक हुने निश्चित मिति भने साझा नगरेको जनाइएको छ।

यसअघि स्मार्ट ब्यान्ड ९ अगस्त १९ को रिलीज मितिको साथ अमेजन इटालीको सूचीमा देखा परेको थियो। यद्यपि, यसले उत्पादनको मूल्य निर्धारणको बारेमा भने कुनै खुलासा नगरेको थप उल्लेख छ।

त्यसैगरी हालको यो सम्भावित प्रारम्भिक विश्वव्यापी रिलीज शाओमीले आफ्नो वेयरेबल प्रोडक्टहरूको लागि ढिलाइ गर्ने गरेको अन्तर्राष्ट्रिय लन्चको सामान्य ढाँचा भन्दा फरक रहेको जनाइएको छ।

यो स्मार्ट ब्यान्ड चीनमा २४९ युआन (३५ अमेरिकी डलर) को प्रारम्भिक मूल्यमा लन्च गरिएको थियो। साथै स्मार्ट ब्यान्डको थप दुई अन्य मोडेलहरू पनि रहेका छन् जस मध्ये एउटाले एनएफसी समर्थन गर्दछ र अर्को सेरामिक विशेष संस्करणको रूपमा उल्लेख गरिएको जनाइएको छ। यी दुईको मूल्य क्रमशः २९९ युआन (४१ अमेरिकी डलर) र ३४९ युआन (४८ अमेरिकी डलर) रहेको जनाइएको छ।

ग्याजेट्स एन्ड वेयरेबल्सको एक रिपोर्ट अनुसार, यो प्रोडक्ट अमेजन इटालीमा ३९.९९ यूरो (४७ अमेरिकी डलर) को प्रारम्भिक मूल्यको साथ आउन सक्ने जनाइएको छ जुन यसको पूर्ववर्तीको ३६.९९ यूरो मूल्य ट्याग भन्दा थोरै वृद्धि भएको उल्लेख गरिएको छ।

त्यसैगरी विश्वव्यापी बजारहरूको लागि मूल्य निर्धारण आधिकारिक रूपमा खुलासा हुन बाँकी रहेको हुनाले अनुमानहरू पनि भिन्न हुन सक्ने जनाइएको छ।

शाओमी स्मार्ट ब्यान्ड ९ को स्पेसिफिकेसन
शाओमी स्मार्ट ब्यान्ड ९ मा १.६२–इन्चको एएमओएलईडी डिस्प्ले समावेश गरिएको छ जसमा १२०० निट्स ब्राइटनेस रहेको जनाइएको छ। साथै उक्त डिस्प्ले १९२ × ४९० को रिजोल्युसनको साथ आउँदछ भने ३२६पीपीआईको पिक्सेल डेन्सिटि रहेको छ।

त्यसैगरी स्मार्ट ब्यान्ड ९ ले कथित रूपमा २०० भन्दा बढी वाच फेसेसहरू समर्थन गर्ने जनाइएको छ। माथि उल्लेख गरिए अनुसार, केही मोडेलहरू एनएफसी कोइलसँग आउनुका साथै कन्ट्याक्टलेस पेमेन्ट (सम्पर्करहित भुक्तानी) लाई समर्थन गर्नेछन्।

स्मार्ट ब्यान्ड ९ हेल्थ (स्वास्थ्य) ट्र्याकिङ र अन्य फिचर्स (सुविधाहरू) को लागि ३– एक्सिस एक्सेलेरोमिटर, जाइरोस्कोप, पीपीजी र एम्बियन्ट लाइट सेन्सरले सुसज्जित रहेको उल्लेख छ।

हेल्थ ट्र्याकिङको कुरा गर्दा, यो शाओमी स्मार्ट ब्यान्ड ८ को तुलनामा १६ प्रतिशत बढी सटीक भएको दावी गरिएको छ। यसले निर्देशित रनिङ्ग कोर्स सहित १५० भन्दा बढी वर्कआउट (कसरत) मोडहरूलाई समर्थन गर्ने जनाइएको छ। साथै यो प्रोडक्टले राम्रो रिकभरीको लागि अप्टिमल स्लिप साइकल्सको पनि सुझाव दिन सक्ने उल्लेख गरिएको छ।

स्मार्ट ब्यान्ड ९ मा २३३एमएएच ब्याट्री छ र एओडी बन्द हुँदा २१ दिन सम्म ब्याट्री लाईफ प्रदान गर्ने जनाइएको छ। एओडी सक्रिय हुँदा भने एक पटकको चार्जमा स्मार्ट ब्यान्ड ९ करिब ९ दिन टिक्ने थप उल्लेख गरिएको छ।

चार्जिङको कुरा गर्दा, १०० प्रतिशत चार्जिङ पुग्नको लागि करिब १ घण्टा समय लाग्ने जनाइएको छ। त्यसैगरी यो स्मार्ट ब्यान्ड ९ पानीमुनि ५० मिटरसम्म चल्न सक्ने जनाइएको छ। कनेक्टिभिटी (जडान) तर्फ यसले ब्लुटुथ ५.४ समर्थन गर्दछ भने म्युजिक कन्ट्रोल, मेसेज रिप्लाईज र वेदर अपडेटहरू जस्ता आधारभूत सुविधाहरू पनि प्रदान गर्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: २८ श्रावण २०८१, सोमबार

तपाइको प्रतिक्रिया