अटो टेक

इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्दै

इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्दै
Global IME Bank

सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्नेभएको छ।

नगर क्षेत्रमा सहुलियत बस सेवा सुरू गर्ने उद्देश्यले चार ओटा बस खरिद गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए। उनले यस कार्यले स्थानीय नागरिकलाई यात्राका लागि सहज हुने विश्वास व्यक्त गरे।

नगरप्रमुख पौडेलले भने, “इटहरीका चारओटै क्षेत्रलाई समेट्ने गरी रुट तय गर्ने काम भइरहेको छ। सो कार्य सम्पन्न भए लगत्तै सेवा सञ्चालन गछौँ। सम्भवतः आगामी असोज १ गतेबाट सेवा सञ्चालन गर्ने योजना छ।”

उपमहानगरका इञ्जिनियर रुपेश आचार्यले रु छ करोड ३६ लाख ८६ हजारको लागतमा बस खरिद गरिएको बताए। उनले भने, “बसमा जीपीएस जडान, सीसी क्यामरा, एसीलगायतका अन्य सुविधाको व्यवस्थापन गरी सूचना प्रविधिमैत्री बनाइएका छन्।”

नगर बस सञ्चालनका लागि कार्यपालिका बैठकले वडा नं ६ का अध्यक्ष दिवस पोखरेलको संयोजकत्वमा समिति बनाएर काम गरिरहेको छ। रासस

Sajilo Visa
easy care