एप्लिकेसन

क्र्याश भइरहने समस्याले ग्रस्त इन्टेलका १३ र १४ जेन सीपीयूमा २ वर्ष अतिरिक्त वारेन्टी थपिने

क्र्याश भइरहने समस्याले ग्रस्त इन्टेलका १३ र १४ जेन सीपीयूमा २ वर्ष अतिरिक्त वारेन्टी थपिने
Global IME Bank

इन्टेलले आफ्ना क्र्याश भइरहने समस्याग्रस्त १३ र १४ जेन सीपीयूमा २ वर्षको अतिरिक्त वारेन्टी थप्ने भएको छ। यी सीपीयूहरु शुरुमै ३ वर्ष वारेन्टीका साथ आउँछन् । अब भने यिनीहरुका वारेन्टी लम्बिएर ५ वर्ष हुने भएको छ।

गत हप्ता द भर्जले सोधेको वारेन्टी बढाउने वा नबढाउने भन्ने प्रश्नमा कम्पनीले कुनै प्रतिक्रिया नदिएको द भर्जले जनाएको छ।

इन्टेलले आफ्ना यी खालका डेस्कटपमा त्यस प्रकारको अस्थायित्वको समस्या आउनुमा सञ्चालनका लागि प्रयोग गरिने भोल्टेज उच्च हुने एलिभेटेड अपरेटिङ भोल्टेज मुख्य कारक रहेको अगस्तको मध्यमा आउने सफ्टवेयर प्याचदे यो समस्याको मूल जरोलाई निर्मूल पार्ने बताएको छ।

तर अगस्टको मध्यमा आउने यो प्याचले यसअघि नै भएका नोक्सानीलाई भने सुधार गर्न नसक्ने जनाउँदै कम्पनीले त्यस प्रकारको गम्भीर समस्या भएकाहरुले सीपीयू नै फेर्नुपर्ने एकमात्र विकल्प हुने पनि जनाएको छ।

इन्टेलले हालै जारी गरेको विज्ञप्ति अनुसार यस्ता समस्या आएका १३ र १४ जेनका सीपटीयूहरु साट्न मिल्ने गराइएको छ। यसैबीच यो अस्थायित्व रहेको सीपीयू ओईएम वा सिस्टम इन्टेग्रेटरसँग किनेको भए लिएर उनीहरुकोमा जान कम्पनीले सुझाव दिएको छ।

यसैगरी बक्स प्याक गरिएका सीपीयू खरिद गरेकाहरुले भने इन्टेलको ग्राहक सेवामा सम्पर्क गर्न पनि सुझाइएको छ। यसबाहेक कम्पनीले ग्राहकहरुका सिस्टम अध्ययन गरी यसको प्रभाव थाहा पाउनका लागि विकल्पहरुको अध्ययन पनि गरिरहेको छ।

साथै कम्पमीले यस प्रकारको चुनौतीपूर्ण समस्याको मूल कारण पत्ता लगाउनतिर प्राथमिकता दिनुपर्ने कारणले समयमै जानकारी गराउन नसकेकोले ग्राहकहरुसँग माफी पनि मागेको छ।

Sajilo Visa
easy care