मेटाको लामा ३.१ भर्जन सार्वजनिक, प्रतिस्पर्धीलाई कडा टक्कर दिने कम्पनीको दावी

  • Technology Khabar | ११ श्रावण २०८१, शुक्रबार
मेटाको लामा ३.१ भर्जन सार्वजनिक, प्रतिस्पर्धीलाई कडा टक्कर दिने कम्पनीको दावी

काठमाडौं ।

मेटा कम्पनीले आफ्नो बृहत् ल्याङ्ग्वेज मोडल लामाको नयाँ भर्जन ३.१ सार्वजनिक गरेको छ । नयाँ अपडेटपछि यसले ओपनएआई र एन्थ्रोपिकजस्ता प्रतिस्पर्धीलाई कडा टक्कर दिने कम्पनीको अपेक्षा छ ।

मेटाले लामा ३ सार्वजनिक गरेको ३ महिनामै मेटा एआईसँग संयोजन गरी यो नयाँ मोडल निकालेको हो। मेटा एआई हाल फेसबुक मेसेञ्जर इन्स्टाग्राम र हुवाट्सएप तथा कम्पनीले निकालेका स्मार्टग्लासहरुमा प्रयोग हुँदै आएको छ।

यसैबीच ओपनएआई र एन्थ्रोपिकले यसअघि नै आ आफ्ना एआई मोडलहरुका नयाँ भर्जन सार्वजनिक गरिसकेका इन्ग्याजेटले उल्लेख गरेको छ । यसबाट सिलिकन भ्यालीको एआई उपकरणको प्रतिस्पर्धा छिट्टै साम्य नहुने आकलन गर्न सकिन्छ।

लामा ३.१ ४०५बी नाम गरेको यो नयाँ मोडल सामान्य ज्ञान, गणित तथा विभिन्न भाषा अनुवादका क्षेत्रमा प्रतिस्पर्धीहरुलाई कडा टक्कर दिनसक्ने पहिलो सार्वजनिक रुपमा उपलब्ध मोडल रहेको कम्पनीले दावी गरेको छ।

यो मोडललाई हाल उपलब्धमध्ये सबैभन्दा द्रुत र प्रत्येकको २५ हजार डलर मूल्य पर्ने १६ हजार एनभिडिया एच१०० जीपीयुहरुमार्फत् प्रशिक्षित गरिएको थियो भने यसले प्रतिस्पर्धीहरुलाई १५० बेञ्चमार्कहरुमा हराउन सक्ने मेटाले दावी गरेको छ ।

प्रकाशित: ११ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Tech leaders to UN: For the sake of humanity, please control the AI technology we created

  • Technology Khabar
  • ११ श्रावण २०८१, शुक्रबार