माइक्रोसफ्ट सर्भर डाउनः यसरी इलन मस्कले माइक्रोसफ्टको खिल्ली उडाए

  • Technology Khabar | ५ श्रावण २०८१, शनिबार
माइक्रोसफ्ट सर्भर डाउनः यसरी इलन मस्कले माइक्रोसफ्टको खिल्ली उडाए

काठमाडौं ।

टेस्ला, स्पेसएक्स र एक्स जस्ता कम्पनीका मालिक इलन मस्क खुलेर आफ्नो विचार व्यक्त गर्नका लागि परिचित छन्। शुक्रबार माइक्रोसफ्टमा समस्या आएपछि उनले कम्पनीको खिल्ली उडाउँदै दुईओटा पोस्ट गरेका थिए। यी मध्ये एउटामा उनले माइक्रोसफ्टको नाम परिवर्तन गरेर म्याक्रोहार्ड राखेका थिए।

माइक्रोसफ्टको सर्भर डाउन हुँदा विश्वभर तनाव भएको थियो। जसको असर नेपाली बैंकहरुको सेवामा समेत परेको थियो। विश्वभर शेयर बजार ओरालो लागेको छ। विमानस्थल, कार्यालयलगायतका काम पनि ठप्प भएका थिए। माइक्रोसफ्टका कारण करोडौं मानिसले समस्या भोग्नु परेको छ।

माइक्रोसफ्टलाई भने म्याक्रोहार्ड

मस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा म्याक्रोहार्डलाई माइक्रोसफ्टभन्दा ठूलो भएको बताए। यस बाहेक उनले एउटा ‘फन्नी पोष्ट’ पनि सेयर गरेका छन्, जसमा भनिएको छ कि सबै कुरा डाउन भएपनि यो एप (एक्स) चलिरहन्छ।

यो मिम शुक्रबार धेरै लोकप्रिय भएको छ। यसअघि पनि धेरै पटक गुगल, फेसबुक जस्ता कम्पनीका एप्स ठप्प भएपछि पनि सामाजिक संजाल एक्स चलिरहेको थियो। मानिसहरुले एक्समा नै सेवा डाउन भएको गुनासो गरेका थिए।

प्रकाशित: ५ श्रावण २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • ५ श्रावण २०८१, शनिबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • ५ श्रावण २०८१, शनिबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • ५ श्रावण २०८१, शनिबार