Apple

सामसङ अमेरिकी बजारमा दोस्रो ठूलो ट्याब्लेट निर्माता बन्न सफल

सामसङ अमेरिकी बजारमा दोस्रो ठूलो ट्याब्लेट निर्माता बन्न सफल
Global IME Bank

दक्षिण कोरियाली टेक जायन्ट सामसङ अमेरिकी ट्याब्लेट बजारमा दोस्रो स्थानमा रहेको मार्केट रिसर्च फर्म क्यानालिसले आफ्नो पछिल्लो रिपोर्टमा उल्लेख गरेको छ।

सामसङले यस वर्षको पहिलो त्रैमासिकमा १.८ मिलियन ग्यालेक्सी ट्याबहरू बिक्री गरेको छ, जसले बजारमा १८.५ प्रतिशतको योगदान पुर्याएको छ।

अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीले प्रगति गरेको जनाइएको छ। अघिल्लो वर्ष, कम्पनीले १.७५ मिलियन ट्याब्लेट बिक्री गरेको थियो भने १६.३ प्रतिशत बजार हिस्सा रहेको उल्लेख गरिएको छ।

अघिल्लो त्रैमासिकमा, सामसङले ग्यालेक्सी ट्याब ए ९/ए ९ प्लस, ग्यालेक्सी ट्याब एस९ एफई र ग्यालेक्सी ट्याब एस९ एफई प्लस जस्ता धेरै ट्याब्लेटहरु बजारमा ल्याएको थियो।

साथै कम्पनीले ओएलईडी स्क्रिनहरू र उच्च स्तरको अनुभव पछ्याउने प्रयोगकर्ताहरूका लागि फ्ल्यागशिप पर्फमेन्सका साथ ग्यालेक्सी ट्याब एस ९, ग्यालेक्सी ट्याब एस ९ प्लस र ग्यालेक्सी ट्याब एस ९ अल्ट्रा पनि प्रदान गर्दछ।

ढुवानी डाटाका अनुसार, एप्पल अझै पनि अमेरिकामा नम्बर वान (पहिलो स्थानमा) रहेको छ। साथै एप्पलले पहिलो क्वाटरमा ४.९२ मिलियन आईप्याडहरू बिक्री गरेको जनाइएको छ।

कम्पनीको अमेरिकामा ५० प्रतिशत भन्दा बढीको बजार हिस्सा रहेको र यो निकै आश्चर्यजनक कुरा भएको उल्लेख छ। कम्पनीले सन् २०२३ को पहिलो त्रैमासिकमा, तुलनामा सन् २०२४ को पहिलो त्रैमासिकमा आफ्नो आईप्याड मार्केट शेयरमा थोरै वृद्धि हासिल गरेको छ। यद्यपि, सामसङले मात्र सकारात्मक वार्षिक वृद्धि कायम गर्न सफल भएको छ।

गत वर्षको पहिलो त्रैमासिकको तुलनामा, एप्पलको आईप्याडको बिक्री ८.८ प्रतिशतले घटेको र कम्पनीले ५.४ मिलियन युनिट बिक्री गरेको थियो। नयाँ आईप्याड प्रो सिरिजको लन्चसँगै, एप्पलको बजार हिस्सा पुनः प्राप्ति हुने अपेक्षा गरिएको छ।

सामसङले भने यो वर्ष नयाँ हाई–इन्ड ट्याब्लेट लन्च गर्ने सम्भावना छैन्।कम्पनीले सामान्यतया हरेक डेढ वर्षमा सिरिजमा नयाँ उत्पादनहरू थप्ने गर्दछ। त्यसैले सन् २०२५ को सुरुमा ग्यालेक्सी ट्याब एस १० सिरिज आउने आशा गर्न सकिने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

Sajilo Visa
easy care