Apple

एप्पलले आईफोन ब्याट्रीहरू प्रतिस्थापन गर्न सजिलो बनाउनेः रिपोर्ट

एप्पलले आईफोन ब्याट्रीहरू प्रतिस्थापन गर्न सजिलो बनाउनेः रिपोर्ट
Global IME Bank

आइफोनको ब्याट्रीलाई ठाँउमा राख्नको लागि प्रयोग गरिने एडेसिभ स्ट्रिप्स (टाँस्ने स्ट्रिपहरू) हटाउनका लागि एप्पलले काम गरिरहेको द इन्फर्मेशनको रिपोर्टले जनाएको छ। एप्पलले सन् २०२५ सम्ममा सबै फोनका ब्याट्रीहरू युजर–रिप्लेसेबल (प्रयोगकर्ताले बदल्न सक्ने) हुन पर्ने ईयू नियमहरूको पालना गर्नुपर्नेछ।

हाल, ब्याट्रीलाई फोइलमा इनकेस्ड गरिएको र एडेसिभ स्ट्रिप्स मार्फत फोनमा जोडिने गरिएको छ।

एप्पलले कथित रूपमा मेटल (धातु) को इनक्लोजरमा सार्नको लागि काम गरिरहेको छ, जुन सानो इलेक्ट्रिकल जोल्ट (विद्युतीय झटका) प्राप्त गरेपछि ब्याट्री पप आउट हुने जनाइएको छ। साथै उक्त प्रविधिलाई कथितरूपमा इलेक्ट्रिकल्लि इनड्युस्ड एडेसिभ डिबन्डिङ’ भनिने उल्लेख छ।

यद्यपि ब्याट्रीसम्म पुग्नका लागि अहिले जत्तिकै गाह्रो हुने जनाइएको छ। त्यसो गर्नको लागि पहिले फोनको फ्रेममा ग्लासका भागहरू होल्ड गर्ने एडेसिभ हुँदै त्यसपछि केही स्क्रू र रिबन केबलहरूलाई पार गर्नुपर्ने उल्लेख गरिएको छ।

एप्पलले यस वर्षको अन्त्यमा कम्तिमा पनि एउटा आईफोन १६ मोडेलमा नयाँ ब्याट्री इनक्लोजर परीक्षण गरेर यसलाई अर्को वर्ष सम्पूर्ण आईफोन १७ सिरिजमा ल्याउने अपेक्षा गरिएको छ।

त्यसैगरी अन्य धेरै अन्य निर्माताहरूले पनि समान किसिमको एडेसिभ (टाँस्ने) पुल ट्याबहरू प्रयोग गर्ने भएकाले तिनीहरूले पनि अर्को वर्षसम्ममा ब्याट्री प्रतिस्थापन सजिलो बनाउनको लागि कुनै एक तरिका खोज्न आवश्यक रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

Sajilo Visa
easy care