Apple

चीनमा एप्पलको आईफोनको ढुवानी मे महिनामा ४० प्रतिशतले बढ्यो

चीनमा एप्पलको आईफोनको ढुवानी मे महिनामा ४० प्रतिशतले बढ्यो
Global IME Bank

चीनमा एप्पलको स्मार्टफोनको ढुवानी अप्रिलमा देखिएको पुनरुत्थानलाई विस्तार गर्दै एक वर्ष अघिको तुलनामा मे महिनामा झण्डै ४० प्रतिशतले बढेको चिनियाँ सरकारसँग सम्बद्ध अनुसन्धान फर्मको तथ्यांकले शुक्रबार देखाएको छ।

चाइना एकेडेमी अफ इन्फर्मेसन एण्ड कम्युनिकेसन्स टेक्नोलोजी (सीएआईसीटी) को तथ्यांकअनुसार, चीनमा विदेशी ब्रान्डका फोनहरूको ढुवानी मे महिनामा १.४२५ मिलियनले बढेर ५.०२८ मिलियन युनिट पुगेको छ, जुन गत वर्ष ३.६०३ मिलियन थियो।

यद्यपि डाटाले एप्पललाई स्पष्टरूपमा उल्लेख नगरेको भएपनि, कम्पनी चीनको स्मार्टफोन बजारमा प्रमुख विदेशी फोन निर्माता भएको जनाइएको छ।

साथै विदेशी ब्रान्ड फोनको ढुवानीमा भएको वृद्धिलाई एप्पलको प्रदर्शनलाई श्रेय दिन सकिने यसले भनेको छ।

ह्वावे जस्ता स्थानीय प्रतिद्वन्द्वीहरूबाट हाई–इन्ड स्मार्टफोन क्याटोगरीमा कडा प्रतिस्पर्धाको बिच, यस वर्षको सुरुमा विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजारमा अमेरिकी टेक जायन्टको कमजोर प्रदर्शनपछि एप्पलको बिक्रीमा उछाल आएको जनाइएको छ।

एप्पलले मे महिनामा चीनमा आफ्नो आधिकारिक टी-मल साइटमा आक्रामक छुट अभियान सुरु गरेपछि बिक्री बढेको र, आईफोन मोडेलहरूमा २,३०० युआन (३१६.७१ अमेरिकी डलर) सम्मको मूल्य कटौती प्रदान गरिएको छ।

एप्पलको अप्रिलमा ५२ प्रतिशत वृद्धिसहित मे महिनाको बिक्री वृद्धिले पछिल्लो दुई महिनाको लागि पनि यसको वृद्धिलाई विस्तार गरेको छ। यसले सन् २०२३ को पहिलो दुई महिनाको तुलनामा उल्लेखनीय सुधारको संकेत गरेको जनाइएको छ भने कम्पनीले बिक्रीमा ३७ प्रतिशत गिरावटका अनुभव गरेको थियो।

गत महिनाको सुरुमा, एप्पलका सीईओ टिम कुकले ग्रेटर चाइना क्षेत्रबाट दोस्रो त्रैमासिक राजस्वमा ८.१ प्रतिशत कमी आएको रिपोर्ट गरेपछि चीनलगायत केही बजारमा आईफोनको बिक्री वृद्धि हुने अनुमान गरेका थिए।

हुवावेले गत अगस्टमा मेट ६० सार्वजनिक गरेपछि अप्रिलमा आफ्नो हाई–इन्ड स्मार्टफोनहरूको नयाँ श्रृंखला ‘प्युरा ७०’ ल्याएपछि कम्पनीद्वारा फेब्रुअरी महिनमा अफर गरिएको छुटको आकार भन्दा दोब्बरले मे महिनाको मूल्य कटौती आएको हो।

ह्वावेले पहिलो त्रैमासिकमा एप्पललाई चीनमा नम्बर २ स्मार्टफोन विक्रेताको रूपमा उछिनेको र थप फ्ल्यागशिप स्टोरहरू खोलेर तथा थप खुद्रा वितरकहरू थपेर आफ्नो खुद्रा रणनीतिलाई बढाउँदै गरेको रोयटर्सले रिपोर्ट गरेको छ। साथै ह्वावे स्पिनअफ अनर शीर्ष स्थानमा रहेको छ।

चीनमा समग्र फोन बिक्री मे महिनामा १६.५ प्रतिशतले बढेर ३ करोड ३३ लाख युनिट पुगेको सीएआईसीटीको तथ्यांकले देखाएको छ।

Sajilo Visa
easy care