ताजा समाचार

‘स्पेसएक्स’द्वारा २३ थप ‘स्टारलिंक’ इन्टरनेट भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण

‘स्पेसएक्स’द्वारा २३ थप ‘स्टारलिंक’ इन्टरनेट भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण
Global IME Bank

अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ले सोमबार थप २३ वटा ‘स्टारलिंक’ भूउपग्रहहरू प्रक्षेपण गरेको छ। स्टारलिंक निजी अन्तरिक्ष उडान कम्पनी स्पेसएक्सद्वारा कम लागतको इन्टरनेट उपलब्ध गराउन विकसित गरिएको उपग्रह नेटवर्कको नाम हो।

स्पेसएक्सकाअनुसार अमेरिकी राज्य फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरबाट ‘फाल्कन –९’ रकेटमा भूउपग्रहहरू प्रक्षेपण गरिएको थियो। फाल्कन –९ स्पेसएक्सद्वारा डिजाइन र निर्माण गरिएको एक रकेट हो।

‘फाल्कन –९’ पहिलो चरणमा फिर्ता आयो र ‘जस्ट रिड दी निर्देशन’ ड्रोनशिपमा अवतरण भयो। उक्त ड्रोनशिप एट्लान्टिक महासागरमा राखिएको कम्पनीले जानकारी गराएको छ। स्पेसएक्सले यसपछि २३ ओटा स्याटेलाइटहरूको तैनाथीको पुष्टि गरेको छ।

स्टारलिंकले स्पेसएक्सकाअनुसार पहुँच अविश्वसनीय, महँगो वा पूर्ण रूपमा अनुपलब्ध भएको स्थानहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट प्रदान गर्ने बताएको छ। रासस/सिन्ह्वा

Sajilo Visa
easy care