बीस लाखभन्दा बढी पाकिस्तानीको डाटा लीक

  • Technology Khabar | १४ चैत्र २०८०, बुधबार
बीस लाखभन्दा बढी पाकिस्तानीको डाटा लीक

काठमाडौं ।

पाकिस्तानमा २० लाखभन्दा बढी नागरिकको तथ्याङ्क चोरी (चुहावट) भएको नेसनल डाटाबेस एन्ड रजिष्ट्रेसन प्राधिकरण (नाड्रा) ले जनाएको छ।

नाड्राले तथ्याङ्क चोरी भएको सम्बन्धमा संयुक्त अनुसन्धान समूह (जेआइटी) ले मङ्गलबार गृह मन्त्रालयलाई प्रतिवेदन बुझाउँदै यसको अनुसन्धान गर्न सार्वजनिक लेखा समिति (पीएसी), पाकिस्तान दूरसञ्चार प्राधिकरण (पीटीए), सङ्घीय अनुसन्धान एजेन्सी (एफआईए), सैन्य गुप्तचर सेवासँग सहकार्य गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । 

व्यक्तिगत तथ्याङ्क चोरी चुहावट अनुसन्धान गर्नको लागि साइबर क्राइम निर्देशकको नेतृत्वमा गृहमन्त्रालयले संयुक्त अनुसन्धान टोली (जेआटी) गठन गरेको थियो ।

सन् २०१९ देखि २०२३ सम्म मुल्तान, पेशावर र कराँचीमा नाड्रा कार्यालयको सहयोगमा २७ लाख पाकिस्तानीहरूको तथ्याङ्क चोरी भएको प्रतिवेदनमा देखिन्छ। उक्त प्रतिवेदन अर्जेन्टिना र रोमानियामा पनि बिक्री गरिएको थियो।

जेआइटीको डाटा चुहावटसम्बन्धी प्रतिवेदनपछि नाड्राका धेरै वरिष्ठ अधिकारीहरूलाई कारबाहीको लागि सिफारिस गरिएको छ।

जेआईटीले छानबिन पूरा भएपछि आफ्नो प्रतिवेदन तत्कालीन कार्यवाहक प्रधानमन्त्री अनवारुल हक कक्कडलाई बुझाएको थियो।

उक्त प्रतिवेदनमा नागरिकको तथ्याङ्क सुरक्षाका लागि प्रस्तावित उपाय र प्रविधि अपग्रेडसँगै अन्य कार्यहरू अपनाउन सुझाब पेश गरिएको छ। रासस/एएनआई

प्रकाशित: १४ चैत्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • १४ चैत्र २०८०, बुधबार