निकोनले किन्यो डिजिटल सिनेमा क्यामरा बनाउने कम्पनी रेड

  • Technology Khabar | २५ फाल्गुन २०८०, शुक्रबार
निकोनले किन्यो डिजिटल सिनेमा क्यामरा बनाउने कम्पनी रेड

काठमाडौं ।

जापानी क्यामरा जायन्ट निकोनले हलिउड चलचित्र बनाउने प्रयोग हुने डिजिटल क्यामरा कम्पनी रेड प्राप्ति गर्दैछ। निकोनले रेड डिजिटल क्यामरा प्राप्ति गर्न लागेको बिहीबार घोषणा गरेको हो।

यस सम्झौताले अन्तिम रुप पाए पछि रेड निकोनको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

निकोनले विश्वास गरेको छ कि रेडको ‘युनिक इमेज कम्प्रेसन टेक्नोलोजी र रंग विज्ञान सहित सिनेमा क्यामराहरूमा ज्ञान’बाट लाभ उठाउने छ। व्यवासायिक डिजिटल सिनेमा क्यामरा बजार विस्तार गर्नका लागि सम्झौतचा उपयोग गरिनेछ। रेडले आफ्नो क्यामरा कयौं चर्चित हलिउड फिल्म र टिभी शोको छायंकनका लागि उपयोग गरिएको दाबी गरेको छ।
रेडका अध्यक्ष जेरेड ल्यान्डले इन्स्टाग्राममा एक तस्विरका साथ यस समाचारको घोषणा गरे, त्यसपछि, ‘हे हे हे हे…’ लेखिएको छ।

निकोनको प्रेस विज्ञप्ति अनुसार रेडको स्थापना २००५ मा भएको थियो र हाल यसमिा २२० कर्मचारी कार्यरत छन्। यसको मुख्यालय फुटहिल रेञ्च क्यालिफोर्नियमा छ।

यो प्राप्ति निकोनको विरुद्धको भिडियो कम्प्रेसन पेटेन्टमा उल्लंघन गरेकोमा रेडको मुद्दा खारेज भएको एक वर्षभन्दा कम समय पछि आएको हो।

प्रकाशित: २५ फाल्गुन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

मोटोरोला मोटो जी४७ घोषणा

  • २५ फाल्गुन २०८०, शुक्रबार

China explores, develops better datasets for smarter digital future

  • २५ फाल्गुन २०८०, शुक्रबार

Govt focuses on safe, inclusive and sustainable digital ecosystem: Minister Timilsina

  • २५ फाल्गुन २०८०, शुक्रबार

Meta raises specter of shutting down service to New Mexico in legal clash over child safety

  • २५ फाल्गुन २०८०, शुक्रबार