Technology Khabar १५ फाल्गुन २०८०, मंगलवार
काठमाडौं ।
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मंगलबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टी २० त्रिकोणात्मक सिरिज हुँदैछ। नेपाल, नामेविया र नेदरल्याण्ड्स सहभागी उक्त टी २० सिरिज डिसहोमको एक्सन स्पोर्टस एचडीवान बाट प्रत्यक्ष प्रसारण हुने भएको छ।
पछिल्लो समय नेपाली क्रिकेट टिमले त्रिवि क्रिकेट मैदानमा खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु प्रत्यक्ष प्रशारण गरिरएको डिसहोमले त्रिकोणात्मक टी २० सिरिज पनि प्रशारण गर्ने सोमबार जानकारी गराएको हो।
एक्सनस्पोर्टस एचडी वानबाट यसअघि नेपाल र क्यानडाबीचको सिरिजका साथै आइसीसी विश्वकप लिग टूको पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज पनि प्रत्यक्ष प्रशारण भएको थियो ।
टी २० सिरिज अन्तर्गत मंगलबार९२७ फेब्रुअरीमा० नेपालले नामिबियासँग खेल्ने छ भने २८ फेब्रुअरीमा नेदरल्याण्ड्ससँग खेल्ने छ । यसैगरी २९ फेब्रुअरीमा नामिबिया र नेदरल्याण्ड्स भिड्दा मार्च १ तारिखमा नेपाल र नामिबिया दोस्रो पटक भिड्ने छन् । त्यसैगरी नेपाल र नेदरल्याण्ड्सको दोस्रो भेट मार्च २ हुने छ । तीन मध्य शीर्ष २ ले उपाधिका लागि मार्च ३ मा खेल्ने छन् । सबै खेल विहान साढे ११ बजेदेखि सुरुहुने डिसहोमले जानकारी दिएको छ।
प्रकाशित: १५ फाल्गुन २०८०, मंगलवार