Technology Khabar १५ फाल्गुन २०८०, मंगलवार
काठमाडौं ।
शाओमी १४ अल्ट्रा अब तालिका अनुरुप विश्वव्यापी बजारहरूको लागि आधिकारिक रुपमा उपलब्ध हुने भएको छ। यो डिभाइसलाई शाओमी १४ र बार्सिलोनामा अन्य प्रोडक्टहरु सँगै घोषणा गरिएको थियो।
कम्पनीको पछिल्ला प्रिमियम स्ल्याब स्मार्टफोन यस हप्ताको सुरुमा चीनमा अनावरण गरिएको थियो। यो डिभाइस आफ्नो पूर्ववर्ती शाओमी १३ अल्ट्रामा केही अर्थपूर्ण अपग्रेड र डिजाइनमा थोरै परिवर्तनको साथ आएको उल्लेख छ।
शाओमी १४ अल्ट्राको स्पेसिफिकेसनहरू
शाओमी १४ अल्ट्रा पहिलो नजरमा आफ्नो पूर्ववर्ती जस्तो देखिए तापनि त्यहाँ सूक्ष्म भिन्नताहरू रहेका छन्। सर्कुलर क्यामरा मोड्युलमा अब वास्तविक क्यामराहरूमा जस्तै स्टेप डिजाइन रहेको छ भने फ्रेम पनि पछाडितर्फ थप फैलिएको छ।
त्यसैगरी डिभाइसको हार्डवेयर स्पेक्समा पनि अपग्रेड गरिएको जनाइएको छ। यसमा भर्खरैको चिप समावेश गरिएको छ भने यो नयाँ प्राथमिक क्यामरा सेन्सरका साथै अन्य फिचरहरूसँग आएको छ।
फोनमा समावेश गरिएको ६.७३ इन्चको ओएलईडी डिस्प्लेको चारैतिर माइक्रो कर्भहरू रहेका छन्। प्यानलले ३२००x१४४० पिक्सेल (क्यूएचडी प्लस), ५२२ पीपीआई, १२ बिट कलर डेप्थ र १२० हर्ज रिफ्रेस रेट (एलटीपीओ) को रिजोल्युसन प्रदान गर्दछ। साथै स्क्रिनले डल्बी भिजन, ३००० निट्स पिक ब्राईटनेस लेभल, १९२०हर्ज पीडब्ल्यूएम डिमिङ, र डीसी डिमिंगलाई समर्थन गर्दछ।
ह्यान्डसेट क्वालकम स्न्यापड्रागन ८ जेन ३ एसओसीद्वारा पावर्ड (संचालित) रहेको छ। चिपलाई एलपीडीडीआर५एक्स र्याम, यूएफएस ४.० स्टोरेज र लिक्विड कुलिङ सिस्टम (प्रणाली) सँग पेयर्ड गरिएको उल्लेख छ।
सफ्टवेयरको सन्दर्भमा, यसले एन्ड्रोइड १४ मा आधारित हाइपरओएस बुट गर्दछ।
यस डिभाइसले रियर (पछाडि) भागमा लाइका–ट्युन्ड क्वाड–क्यामेरा सेटअप फिचर गर्दछ। सिस्टममा भेरिएबल एपर्चर सहितको ५० मेगापिक्सेलको प्राइमरी सेन्सर, ५० मेगापिक्सेलको अल्ट्रावाइड युनिट, ५० मेगापिक्सेलको ३.२ एक्स टेलिफोटो सुटर र ५० मेगापिक्सेलको ५ एक्स पेरिस्कोप टेलिफोटो स्न्यापर समावेश रहेको छ। अगाडिको भागमा भने, यसमा सेन्ट्रल पंच–होल ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा समावेश गरिएको छ।
स्मार्टफोन डुअल सिम, फाईभजी, वाईफाई ७, ब्लुटुथ ५.४, जीएनएसएस, एनएफसी र यूएसबी ३.२ जेन २ जस्ता धेरै मल्टिपल कनेक्टिभिटी विकल्पहरूसँग आउनेछ। त्यसैगरी यो आईआर ब्लास्टर, इन–स्क्रिन फिङ्गरप्रिन्ट सेन्सर, डुअल स्टेरियो स्पिकर, एक्स–एक्सिस लिनिएर भाइब्रेसन मोटर र आईपी६८ रेटिङ्ग (धूलो र पानी प्रतिरोध) को साथ आउने छ।
फोनमा पावरको लागि ५,३०० एमएएच ब्याट्री समावेश गरिएको छ भने यसले ९० वाट वायर्ड, ८० वाट वायरलेस र १० वाट रिभर्स वायरलेस चार्जिङ स्ट्याण्डर्डहरूलाई समर्थन गर्दछ।
शाओमी १४ अल्ट्राको मूल्य
शाओमी १४ अल्ट्राको १६ जीबी र्याम र ५१२ जीबी स्टोरेजको मूल्य १,४९९ यूरो पर्नेछ। साथै यो कालो र सेतो रङ्गको विकल्पहरूमा आउने उल्लेख गरिएको छ। साथै दुबै भेरियन्टमा लेदर ब्याक डिजाइन रहेको छ भने विभिन्न बजारहरूमा मूल्य फरक हुनेछ।
नेपालमा पनि शाओमीले आफ्नो फ्ल्यागशिप फोनहरु लन्च गर्ने गरेको छ तर अल्ट्रा मोडल कहिले उपलब्ध हुन्छ भन्ने जानकारी छैन्।
प्रकाशित: १५ फाल्गुन २०८०, मंगलवार