टेरामोस काण्डमा मुछिएका स्वास्थ्य मन्त्री बस्नेतसहित विवादित मन्त्रीहरुको राजीनामा माग, संसदमा नाराबाजी

  • Technology Khabar | १४ फाल्गुन २०८०, सोमबार
टेरामोस काण्डमा मुछिएका स्वास्थ्य मन्त्री बस्नेतसहित विवादित मन्त्रीहरुको राजीनामा माग, संसदमा नाराबाजी

काठमाडौं ।

नेकपा एमालेका गोकुल प्रसाद बास्कोटाले बोल्दै विवादमा परेका मन्त्रीहरुको राजीनामा माग गरेका छन्।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद बास्कोटाले अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बयान लिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतसहित विवादमा आएका मन्त्रीको  राजीनामा माग गरेका छन्।

“सार्वजनिक नेतृत्व गरेका र विवादमा परेका मन्त्रीहरुको बारेमा कार्यान्वयन गर्छु भन्ने कहिले आउँछ,” उनले भने, “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पुराना विवादका कारण अख्तियारमा धाउनुपरेको छ। विवादमा परेपछि उहाँहरुले पद छोड्नुपर्छ। कि उहाँहरुले राजीनामा दिनुपर्यो कि उहाँले बर्खास्त गर्नुपर्यो।”

उनले सभामुखसँग स्पष्ट रुलिङ्ग चाहिने माग समेत गरेका छन्।

स्मरण रहोस् टेरामोस वा टेरामोक्स समेत भनिने काण्डमा मुछिएका स्वास्थ्य मन्त्री बस्नेतलाई तत्कालिन संचारमन्त्रीको भूमिकाका कारण अख्तियारले बयान लिएको थियो। यसका साथै अर्का पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीसँग समेत बयान लिएको थियो।

टेरामोस काण्डको बारेमा अख्तियारले छानबिन गरिरहेको छ।

यसै विषयले गर्दा आजको संसदमा होहल्ला र प्रतिपक्षीहरुले नाराबाजी गरिरहेका छन्।

प्रकाशित: १४ फाल्गुन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×