Samsung

प्रतिस्पर्धा विरोधी अभ्यास गरेको भन्दै सामसङलाई रोमानियामा भारी जरिवाना

प्रतिस्पर्धा विरोधी अभ्यास गरेको भन्दै सामसङलाई रोमानियामा भारी जरिवाना
Global IME Bank

युरोपेली देश रोमानियाले सामसङलाई कीर्तिमानी १२३ मिलियन रोमानियाली लियु जरिवाना गरेको छ। रोमानियाली सरकारले कम्पनीलाई बजारमा खुद्रा विक्रेताहरुसँग मिलेर टिभी र ह्यान्डसेटको मूल्यमा साँठगाँठ गरेको आरोप लगाएको छ।

रोमानियाको प्रतिस्पर्धा काउन्सिलले सामसङ इलेक्ट्रोनिक्स रोमानिया र बुल्गेरिया (सेरोम), डान्टे इन्टरनेशनल (ईम्याग), एलटेक्स, र फ्लान्कोलाई स्थानीय बजारमा प्रतिस्पर्धा विरोधी अभ्यासहरूको लागि जरिवाना गरेको हो।

रेकर्ड जरिवाना कुल १२३ मिलियन रोमानियाली रकम पुग्यो।

प्रतिस्पर्धा नियामकले रोमानियामा २०१९ र २०२१ बीचको अवधिमा बिक्रि भएका टिभी सेट र मोबाइल फोनको मूल्यमा चार कम्पनीले मिलेमतो गरेको फेला पारेको हो।

Sajilo Visa
easy care