Technology Khabar २९ माघ २०८०, सोमबार
काठमाडौं ।
लेक्ट्रिक्स ईभीले भारतमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। लेक्ट्रिक्स ईभीले भारतमा नयाँ एलएक्स २.० इलेक्ट्रिक स्कुटर लन्च गरेको हो।
यस इलेक्ट्रिक स्कुटरले फुल चार्जमा ९८ किलोमिटर रेञ्ज प्रदान गर्ने दाबी गरिएको छ। कम्पनील यस स्कुटरलाई ७९ हजार ९९९ भारु (एक्स–शोरुमा) मूल्यमा सार्वजनिक गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
कम्पनीले एलएक्स २.० इलेक्ट्रिक स्कुटर लामो यात्राका लागि डिजाइन गरेको दाबी गरेको छ। यसमा एडभान्स फिचर्स पेस गरिएको छ। एलएक्स २.० इलेक्ट्रिक स्कुटर लन्च अघि यसको गुणस्तर र विश्वसनियता परीक्षण गर्न करिब १ लाख २५ हजार किलोमिटर चलाइएको दाबी गरिएको छ।
लेक्ट्रिक्सका अनुसार नयाँ एलएक्सएस २.० ले ग्राहकको तीन महत्वपूर्ण आवश्यकता रेञ्ज, गुणस्तर र मूल्यलाई पुरा गर्छ। लेक्ट्रिक्स एलएक्सएस २.० को प्रिबुकिङ मार्च २०२४ मा सुरु हुनेछ।
लेक्ट्रिक्स एलएक्सएस २.० इलेक्ट्रिक स्कुटरमा २.३ किलोवाटको ब्याट्री प्याक दिइएको छ। यसले फुल चार्जमा ९८ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ।
कम्पनीले एलएक्सएस २.० इलेक्ट्रिक स्कुटरको गति र अन्य महत्वपूर्ण विवरणको बारेमा जानकारी उपलब्ध गराएको छैन। यस ईभीमा २५ लिटर अन्डर सिट स्टोरेज स्पेस, ९०÷११० फ्रन्ट र ११०÷९० रियर १० इन्च टायर, फलो मी हेडल्याप फक्सन दिइएको छ।
साथै कम्पनीले नयाँ एलएक्सएस २.० इलेक्ट्रिक स्कुटरमा ३ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी दिइएको छ। यस्तै यस मोडलमा एन्टी थेफ्ट सिस्टम, इमरजेन्सी एसओएसका साथ कयौं एडभान्स फिचर्स दिइएको छ।
प्रकाशित: २९ माघ २०८०, सोमबार