दक्षिण कोरियामा जनवरीमा टेस्लाको एउटा मात्रै इलेक्ट्रिक कार बिक्री, ‘मेड इन चाइना’ मुख्य कारण

  • Technology Khabar | २८ माघ २०८०, आईतवार
दक्षिण कोरियामा जनवरीमा टेस्लाको एउटा मात्रै इलेक्ट्रिक कार बिक्री, ‘मेड इन चाइना’ मुख्य कारण

काठमाडौं ।

के इलन मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लालाई चीनमा उत्पादन गर्नाले ‘गाह्रो’ हुन लागेको छ? दक्षिण कोरियामा ‘मेड इन चाइना’ गाडीका कारण धेरै मानिसले टेस्ला कार किन्न नचाहेकाले यो प्रश्न उब्जिएको हो।

एक रिपोर्टअनुसार जनवरी २०२४ मा, टेस्लाले दक्षिण कोरियामा एउटा मात्र ईभी (विद्युतीय गाडी) बेचेको छ। फर्च्युनको रिपोर्टअनुसार टेस्लाले जनवरीमा मोडल वाई एसयूभीको एउटा मात्र युनिट बेचेको थियो। मूल्यमा आएको कमी र चार्जिङ पूर्वाधारका कारण पनि बिक्रीमा यो गिरावट आएको मानिएको छ।

रिपोर्टमा भनिएको छ कि जुलाई २०२२ पछि दक्षिण कोरियामा टेस्लाको यो सबैभन्दा खराब प्रदर्शन हो। सन् २०२३ को डिसेम्बरको तुलनामा जनवरीमा नयाँ ईभी दर्ताको संख्या ८० प्रतिशतले घटेको तथ्यांकले देखाएको छ।

यसबाहेक, ब्याट्री धेरै तताउने घटनाहरूले मानिसहरूलाई निराश बनाएको छ। फास्ट चार्जिङको अभावमा पनि मानिसहरुले विद्युतीय सवारीसाधन किन्न छाडेका छन्। यदपी, सन् २०२३ मा टेस्लाको मोडल वाई दक्षिण कोरियामा सबैभन्दा धेरै बिक्रि हुने ब्रान्डहरू मध्ये एक थियो।

कोरियामा विद्युतीय सवारी साधनको समग्र माग घट्दै गए पनि टेस्लाको बिक्रीमा आएको गिरावटलाई चीनसँगको सम्बन्धसँग जोडिएको छ।

रिपोर्टकाअनुसार टेस्ला कार किन्न चाहने अधिकांश कोरियाली जनताले यसलाई मन नपराउन थालेको एक सर्वेक्षणले देखाएको छ। टेस्लाका केही मोडलका कार चीनमा बनेको थाहा पाएपछि मानिसहरू रिसाएsका छन्। सर्वेक्षणले चीनमा भएको उत्पादनको गुणस्तरलाई लिएर मानिसहरू चिन्तित रहेको संकेत गरेको छ।

जनवरीमा बिक्रीमा यति ठूलो गिरावट आउनुको कारण मानिसहरुको व्यवहारलाई मानिए तापनि, सरकारबाट अनुदानको घोषणाको पर्खाइमा रहेकाले समेत बिक्रीमा असर पारेको उल्लेख छ। गत वर्ष जुलाईमा दक्षिण कोरियामा टेस्लाको मोडल वाईको मूल्य ५६.९९ मिलियन वन थियो।

प्रकाशित: २८ माघ २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • २८ माघ २०८०, आईतवार